भैरहवा । रुपन्देहीको भैरहवामा यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पुस २ गतेसम्म प्र्रतियोगिता संचालन हुने जानकारी दिए ।
विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । विमल संघका पूर्व कार्यसमिति सदस्य समेत हुन् ।
संघका कोषाध्यक्ष निरजप्रताप खाँणले प्रतियोगिताले तल्लो तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाए । उनका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी हुनेछन् । खाँणका अनुसार प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ लाग्ने संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्रीले जानकारी दिए ।
नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूल लेबलको खेलले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । यही स्कूल लेबलको क्रिकेट खेलका खेलाडीहरु कुशल भूर्तेल, कुशल मल्ल, देव खनाल लगायत आज राष्ट्रिय टिममा रहेको जनाउँदै उनले आगामी दिनमा पनि संघले गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास लिए ।
प्रतियोगिताको ११औं संस्करणसम्म आइपुग्दा थुप्रै जुनियर र सिनियर टिमका खेलाडी उत्पादन भएको संघले जनाएको छ । संघका सदस्य एवं खेल संयोजक भरत थापाले निश्चित मापदण्डअनुसार खेलाडी समाबेश गरी प्रतियोगिता गराइने जनाए । उनले स्कूल लेबलबाहेकका खेलाडी सहभागी नहुने भएकाले खेलको विशेष महत्व रहेको उल्लेख गरे । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तर गर्ने जनाउँदै उनले सबैको सहयोगले संघले विगत लामो समयदेखि रुपन्देहीमा वार्षिक क्यालेण्डर बनाएर प्रतियोगिता गराउँदै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: