Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टर्नबुलद्वारा अष्ट्रेलियाली प्रधानमन्त्रीका रुपमा सपथ

\"malcolm_turnbull\"क्यानबेरा । अस्ट्रेलियाका एकजना अर्बपति एवम् पूर्व बैंकर समेत रहेका मालकम टर्नबुलले अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा सपथ लिएका छन् । उनलाई सोमबार मात्र पार्टीले नयाँ सरकारको नेतृत्वका लागि चयन गरेको थियो । अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटलाई सोमबारमात्रै पार्टीले अध्यक्षबाट हटाएको थियो । उहाँलाई पार्टीले हटाएको यस निर्णयलाई एक किसिमको कू भनेर नै परिभाषित गरिएको छ । गएको दुई वर्षभित्रमा मात्र टर्नबुल अष्ट्रेलियाका चौथो प्रधानमन्त्रीका रुपमा चयन भएका छन् । अष्ट्रेलियामा पछिल्लो समयमा राजनीतिक अस्थिरता बढेको पाइएको छ । सपथ ग्रहणका लागि राजधानी क्यानबेरमा उपस्थित हुनुभएका प्रधानमन्त्री टर्नबुलले यहाँ उपस्थित सम्वाददाताहरुलाई प्रतिक्रिया दिए – आज मेरा लागि एकजना अष्ट्रेलियाली हुनुको सबैभन्दा ठूलो उत्साहजनक समय हो । उनले भने– यो यस्तो समय हो कि परिस्थितिले पनि मैले नसोचेको घटनाको रुप लिएको छ र त्यसले मलाई निकै नै उत्साहित बनाएको छ । यस अर्थमा मैले आपूmलाई निकै नै भाग्यमानी ठानेको छु । मेरो आफ्नो एक दृढ निश्चय यो हो कि म सन् २०१५ मा एक सफल नेता बन्ने छु र यसका लागि मैले नारा होइन वकालतमा विश्वास गर्छु– सम्वाददाताहरुसँग उनले भने । लिवरल पार्टीको सोमबार राति अबेर भएको आन्तरिक मतदानमा टर्नबुलले वर्तमान प्रधानमन्त्री टोनी एवटलाई प्राप्त पार्टीको ९८ सांसद सदस्यमध्ये ५४ मत ल्याउन सफल भएका थिए । पूर्व प्रधानमन्त्री एवटले भने ४४ अर्थात् टर्नबुलको भन्दा १० मत कम प्राप्त गर्न सफल हुनुभएको लिबरल पार्टीले जनाएको छ । टर्नबुल यसअघि एवटको सरकारका सञ्चारमन्त्री थिए । सोमबारै दिउँसोसम्म टोनी एवटको मन्त्रिपरिद्मा रहेका टर्नबुलले प्रधानमन्त्रीका लागि पार्टीभित्र सोमबार हुने भनिएको आन्तरिक मतदानमा सहभागी हुनकै लागि सञ्चारमन्त्रीबाट राजीनामा दिएका हुन् । पूर्व प्रधानमन्त्री एबटले आफ्नो बिदाईमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनका क्रममा भने आफूमाथि अन्याय भएको भन्दै तीतो पोखेका थिए । उनले गएका केही वर्षयता अष्ट्रेलियामा राजनीतिक संस्कारमा नराम्रो रुपमा परिवर्तन भएको प्रतिक्रिया दिए । सो कार्यक्रममा उनले भने – यस दशकमा हामीकहाँको राजनीतिमा निकै नै परिवर्तन आएको छ, हामीले कयौँ निर्वाचन गरेका छौँ र आफ्नो ढङ्गबाटै तिक्तता बढाएका छौँ । वास्तवमा यस्ता घटनाहरु भनेको राजनीतिक चरित्र हत्याका लागि भएका जस्तो बढी मात्रामा लाग्न थालेको छ– उहाँले भन्नुभयो । हिजोआज अष्ट्रेलियाको राजनीति राजनीतिक चरित्र हत्याको बाटोमा उन्मुख भएको उनले बताए । उनले आफ्नो पार्टीले आपूmलाई कुनैपनि समय नदिई र स्पष्टिकरण वा अन्य कुनै सुधारको मौका नै नदिई अकस्मात पार्टी र सरकारबाट हटाउने प्रपञ्च रचेको अनुभव उनले व्यक्त गरे । नवनियुक्त प्रधानमन्त्री टर्नबुलले आगामी दिनमा अष्ट्रेलियाको राजनीतिक नेतृत्वको शैली फेर्ने किसिमले आफूले कामगर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies