भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन (ए) र बुटवल कालिका क्याम्पसले सानदार जित निकालेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा न्यु होराइजनले लुम्बिनी इन्सिच्युट अफ टेक्निकल साइन्सलाई ७ विकेट र बुटवल कालिकाले बुटवल बहुमुखी क्याम्पसलाई १ सय ५५ रनले पराजित गर्दै रवाफिलो जित हात पारेका हुन् ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी इन्सिच्युटले निर्धारित २० ओभरमा १६ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७५ रन मात्रै बनायो ।
उसका लागि मिथलेश यादवले ४५ र तुषार चौहानले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजन (ए)का प्रिन्स पालले ४, राहुल नाउले ३, अमर मिश्राले २ तथा निरज घिमिरेले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको न्यु होराइजनले ७ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा मनिष तिवारीले अविजित २१, संगम पाण्डेले २०, अमर मिश्राले १५ र सिद्धार्थ ढकालले नटआउट १२ रनको योगदान गरे ।
बलिङमा लुम्बिनी इन्सिच्युटका प्रवेज आलमले २ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित खेलमा ३ विकेटको नोक्सानीमा १ सय ८८ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि रन्जित खड्काले ७४ र प्रज्वल थापाले ६३ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, विवश खातीले नटआउट १३ रन बनाए । बलिङमा बुटवल बहुमुखीका प्रदीप भण्डारीले २ तथा युवराज सुवेदीले १ विकेट लिए ।
प्रतिउत्तरमा बुटवल बहुमुखी ८ ओभर ३ बलमा अलआउट हुँदै जम्मा ३३ रन मात्रै बनायो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि युवराज सेनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
बलिङमा बुटवल कालिकाका विपिन भट्टराईले २ ओभर ३ बलमा १ मेर्डनसहित ६ रन खर्चेर ७ विकेट लिए । यस्तै, अभिषेक गौतम र कमल जैशीले १–१ विकेट लिए । खेलमा विपिन भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: