काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उ...
माघ २ गते, २०८१ - ११:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने गरी बोलाइएको छ । बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्...
माघ २ गते, २०८१ - १०:५४
विराटनगर । पार्टीको काम कारबाहीलाई सामाजिक सञ्जालमा तीव्र आलोचना गर्दै आएका नेकपा एमाले उदयपुरका नेता एवं कोशी प्रदेशसभाका पूर्व सांसद विमल कार्कीलाई ...
माघ २ गते, २०८१ - १०:४८
काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुनर्निर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा ...
माघ २ गते, २०८१ - १०:४१
काठमाडौं । सरकारविरुद्धमा रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी र...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
माघ २ गते, २०८१ - १०:४०
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका एमाले नेता विजय राई (मुकेश)को मृत्यु भएको छ । उनी एमालेका स्थानीय...
माघ २ गते, २०८१ - १०:०५
कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीका पूर्वअसई पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका–८, उत्तरी चुरे वन क्षेत्रबाट सोमबा...
माघ २ गते, २०८१ - ०९:५५
काठमाडाैं। आज अभिनेत्रीहरू ठूलो पर्दा वा ओटीटी प्लेटफर्महरूमा बोल्ड दृश्यहरू दिन हिचकिचाउँदैनन् तर एक समय थियो जब अभिनेत्रीहरू चुम्बन दृश्यहरूको कडा व...
माघ १ गते, २०८१ - १४:०७
काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...
प्रतिकृया लेख्नुहोस्: