Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जाडो याममा माछा खाँदाको फाइदा

पोषणविद् सञ्जय महर्जन
पोषणविद् सञ्जय महर्जन

माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन् ।

हाई क्वालिटीको प्रोटिनका साथमा ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोध क्षमता विकास गर्छ । 

गर्मी महिनाको तुलनामा जाडोमा हाम्रो शरीरलाई प्रोटिन र ओमेगा–३ आवश्यक परिरहेको हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । हामीलाई त्यति बेला ग्लुकोज बढी चाहिन्छ । कार्बोहाइड्रेड बढी आवश्यक हुन्छ । 

जाडो याममा पसिना कम बग्छ । शरीरलाई शक्ति आवश्यक परिरहेको हुन्छ । यसमा प्रोटिन बढी चाहिन्छ । माछा प्रोटिनको राम्रो स्रोत हुने भएकाले जाडोमा खानु स्वास्थ्यका लागि फलदायी हुन्छ । 

कति खाने ?
सबै माछामा एकै खालको प्रोटिन हुँदैन । सामान्यतः एक सय ग्राम माछामा २५ देखि ३० ग्राम प्रोटिन पाइन्छ । तीनदेखि पाँच ग्राम फ्याट पाइन्छ । सामान्य मान्छे हो भने ०.८ ग्राम प्रतिकेजी माछा खानुपर्छ । यसको मतलब ४० ग्राम प्रोटिन पाउने गरी माछा खानुपर्छ । ४० ग्राम प्रोटिन प्राप्त गर्न लगभग १५० ग्राम माछा खानुपर्छ । 

यी व्यक्तिले खानुहुँदैन माछा 
माछा कतिपयलाई मन पर्दैन । कसैमा स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यलाई विचार गर्दै माछाको उपभोग गर्नुपर्छ । कसैलाई गन्ध आउने हुन्छ । कसैलाई स्वास्थ्य समस्या हुन्छ । केहीलाई बान्ता हुन्छ । त्यस्ता व्यक्तिले माछाको उपभोग गर्नुहुँदैन ।

माछा तेलमा तारेर खानुहुँदैन । यसरी उपभोग गर्दा माछाबाट पाइने प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व हानिकारक वस्तुमा परिणत हुन्छन् । त्यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछन् । सकेसम्म फ्रेस माछा खानुपर्छ । हप्तामा दुई दिन माछाको सेवन पनि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

के–के छ  फाइदा ?

मुटुका लागि लाभदायक
माछामा पाइने पैटी एसिड मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २र३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रशन कम गर्छ
माछालाई ओमेगाा ३ फैटी एसिडको मुख्य स्रोत मानिन्छ । ओमगा ३ ले डिपे्रशन कम गर्छ मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यतिमाज्ञ हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक

यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुको लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

आँखाको दृष्टि कायम राख्छ
एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ 
जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, उसको लागि माछाको सेवन निकै लाभदायक मानिन्छ । यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक– लो फैटका कारण सबैभन्दा हानी तपाईको छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ। माछामा पाइने ओमेगा– ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending