Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

जाडो याममा माछा खाँदाको फाइदा

पोषणविद् सञ्जय महर्जन
पोषणविद् सञ्जय महर्जन

माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन् ।

हाई क्वालिटीको प्रोटिनका साथमा ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व पाइन्छन् । यी तत्त्वले रोग प्रतिरोध क्षमता विकास गर्छ । 

गर्मी महिनाको तुलनामा जाडोमा हाम्रो शरीरलाई प्रोटिन र ओमेगा–३ आवश्यक परिरहेको हुन्छ । गर्मीमा पसिना धेरै बग्छ । हामीलाई त्यति बेला ग्लुकोज बढी चाहिन्छ । कार्बोहाइड्रेड बढी आवश्यक हुन्छ । 

जाडो याममा पसिना कम बग्छ । शरीरलाई शक्ति आवश्यक परिरहेको हुन्छ । यसमा प्रोटिन बढी चाहिन्छ । माछा प्रोटिनको राम्रो स्रोत हुने भएकाले जाडोमा खानु स्वास्थ्यका लागि फलदायी हुन्छ । 

कति खाने ?
सबै माछामा एकै खालको प्रोटिन हुँदैन । सामान्यतः एक सय ग्राम माछामा २५ देखि ३० ग्राम प्रोटिन पाइन्छ । तीनदेखि पाँच ग्राम फ्याट पाइन्छ । सामान्य मान्छे हो भने ०.८ ग्राम प्रतिकेजी माछा खानुपर्छ । यसको मतलब ४० ग्राम प्रोटिन पाउने गरी माछा खानुपर्छ । ४० ग्राम प्रोटिन प्राप्त गर्न लगभग १५० ग्राम माछा खानुपर्छ । 

यी व्यक्तिले खानुहुँदैन माछा 
माछा कतिपयलाई मन पर्दैन । कसैमा स्वास्थ्य समस्या पनि हुन सक्छ । त्यसकारण आफ्नो स्वास्थ्यलाई विचार गर्दै माछाको उपभोग गर्नुपर्छ । कसैलाई गन्ध आउने हुन्छ । कसैलाई स्वास्थ्य समस्या हुन्छ । केहीलाई बान्ता हुन्छ । त्यस्ता व्यक्तिले माछाको उपभोग गर्नुहुँदैन ।

माछा तेलमा तारेर खानुहुँदैन । यसरी उपभोग गर्दा माछाबाट पाइने प्रोटिन, ओमेगा–३, फ्याटी एसिड, भिटामिन ‘डी’, भिटामिन ‘बी–२’, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम, पोटासियमजस्ता पोषक तत्त्व हानिकारक वस्तुमा परिणत हुन्छन् । त्यसले स्वास्थ्यलाई हानि पुर्‍याउँछन् । सकेसम्म फ्रेस माछा खानुपर्छ । हप्तामा दुई दिन माछाको सेवन पनि हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

के–के छ  फाइदा ?

मुटुका लागि लाभदायक
माछामा पाइने पैटी एसिड मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययनका अनुसार जो मानिस हप्तामा २र३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रशन कम गर्छ
माछालाई ओमेगाा ३ फैटी एसिडको मुख्य स्रोत मानिन्छ । ओमगा ३ ले डिपे्रशन कम गर्छ मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यतिमाज्ञ हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक

यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुको लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

आँखाको दृष्टि कायम राख्छ
एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ 
जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, उसको लागि माछाको सेवन निकै लाभदायक मानिन्छ । यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक– लो फैटका कारण सबैभन्दा हानी तपाईको छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ। माछामा पाइने ओमेगा– ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending