Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

संविधान निर्माण नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय-प्रचण्ड

\"Prachanda_150_170\"सत्तरी वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने सपना आज साकार भएको छ । अत्याधिक बहुमतद्वारा संविधान पारित भएको यो नेपाली जनताको विजय होइन, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय हो । ती हजारौ सहिदहरु, वेपत्ता योद्धाहरुको सपनाको पनि आज विजय हो । यो संविधनसभाबाट संविधान बनाउने प्रक्रियामा निकै ठूलो बलिदानीपूर्ण संघर्ष गरेकोे पार्टी र त्यसको नेतृत्व हुनुको नाताले आज मैले ती तामम् सहिदहरु वेपत्ता योद्धाहरु र गत ७० वर्षदेखि जजसले नेपालमा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा संविधान बनाउने सपना देखेर लडाई लडेका थिए सशस्त्र, शान्तिपूर्ण ति सबैको विजय भएको छ । नेपालको विजय भएको छ, नेपालीको विजय भएको छ । त्यसकारण म देशभित्रका सम्पूर्ण दिदीबहिनी दाजुभाईहरु जसले यो सपना साँचेर नीकै ठूलो त्याग, तपस्या र बलिदानको इतिहास कोरेका थिए, उनीहरु सबैलाई र देश बाहिर भएका सम्पूर्ण नेपालीहरु देशमा शान्ति, स्थीरता र समृदिको एउटा क्रान्तिकारी परिवर्तन सहितको सपना देखेका थिए, ती सबैलाई म हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु । किनकी यो कुनै समान्य कुरा होइन र यसै सन्दर्भमा म के पनि भन्न चाहन्छु भने संघीय गणतन्त्रको संविधान घोषणा भएको छ । संविधानसभा बाहिर रहनुभएका र या केही असन्तुष्टी र केही आफ्ना मागका कारण बाहिर रहनुभएका दललाई पनि म आज यो ऐतिहासिक दिनमा यो प्रक्रियाको नेतृत्व गर्ने गौरव प्राप्त भएको पार्टीको अध्यक्षको हैसियतले पनि सबैलाई फेरि पनि वार्तामा आएर संवादको तरिकाद्वारा यो ऐतिहासिक विजयमा आफु पनि सहभागी हुन र यो संविधानलाई परिमार्जन फेरि गर्दै अघि बढ्न र देशलाई स्थीरता, शान्ति र समृद्धिको दिशामा, अभियमानको दिशामा अगाडि जान सबैलाई एकताबद्ध पहलको रुपमा अपिल पनि गर्न चाहन्छु । अहिले मधेशमा या कतिपय ठाउँमा जो आन्दोलनरत शक्तिहरु छन् उनीहरुका मागहरु संबादको माध्यमबाट भोली संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ । इतिहासमा कँहीपनि संविधानसभाबाट संविधान बन्दा जे बन्यो त्यो धर्मशास्त्र बन्ने होइन, त्यो गतिशील दस्ताबेज नै बन्ने हो त्यसको संशोधन प्रायः हामी जहाँपनि देख्छौं । केही समय छिटोछिटो संशोधन हुने पनि गर्छन् त्यसकारण यसलाई कसैका जीत र कसैको हारको रुपमा होइन, सम्पूर्ण नेपालीहरुको जीतमा ग्रहण गरौं । यही बधाई र शुभकामना व्यक्त गर्दछु । धन्यवाद ! (संविधानसभाबाट संविधान पारित पश्चात एनेकपा(माओवादी)का अध्यक्ष क.प्रचण्डले दिनुभएको प्रतिक्रिया )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies