गुल्मी । गुल्मीमा दिवङ्गत भएका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको सम्झनामा पार्क निर्माण भएको छ । धुर्कोट गाउँपालिकाले पूर्वसांसद स्वर्गीय रुद्रमणि शर्मा भण्डारी, जिल्ला विकास समिति (जिविस) का पूर्वउपसभापति परमानन्द भण्डारी र गाउँ विकास समितिका पूर्वअध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरेको हो ।
धुर्कोट गाउँपालिकाको ६७ लाख रुपैयाँ लागतमा वडा नम्बर–५ बस्तुमा तीन जना सामाजिक व्यक्तित्वको अर्धकदको सालिकसहित पार्क निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
नवनिर्मित पार्कको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सोक्रममा मुख्यमन्त्री आचार्यले पछिल्लो समयमा समाजमा योगदान गरेका सामाजिक व्यक्तित्वहरूलाई बिर्सिँदै जान थालेको अवस्थामा धुर्कोट गाउँपालिकाको कामको प्रशंसा गरेका थिए ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले समाजमा योगदान गरेका व्यक्तिहरूको इतिहासलाई जीवन्त राख्न र राजनीतिमा लागेर पनि समाज परिवर्तनका लागि गरेको कामको उच्च मूल्याङ्कन गर्दै पालिकाको तर्फबाट उहाँहरूको सम्झनामा पार्क निर्माण गरेको बताए ।
सरल स्वभाव र सादगी जीवन व्यतित गरी सामाजिक क्षेत्रमा सधै समर्पित रहेका शर्माको २०७५, जिविस उपसभापति भण्डारीको २०६६ र पूर्वगाविस अध्यक्ष पाण्डेको २०७१ सालमा निधन भएको थियो । कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वर्गीय तीनै जनालाई मरणोपरान्त सम्मानपत्र प्रदान गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २१:५१
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...
बैशाख ६ गते, २०८३ - २१:४०
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...
बैशाख ६ गते, २०८३ - २०:५१
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...
बैशाख ६ गते, २०८३ - २०:३८
काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...
बैशाख ५ गते, २०८३ - २२:३७
धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...
बैशाख ५ गते, २०८३ - २२:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...
बैशाख ५ गते, २०८३ - २१:३३
जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...
बैशाख ५ गते, २०८३ - २१:३१
सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...
बैशाख ५ गते, २०८३ - २१:२४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...


प्रतिकृया लेख्नुहोस्: