Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

स्थानीय उदार बन्दा प्रदेश सरकार सँधै कन्जुस

खबरडबली संवाददाता

ओखलढुंगा   । सरकारको कार्यक्रमलाई स्थानीयवासीले साथ दिने तर सरकारले आफ्नै कार्यक्रम कार्यान्वयनमा गम्भीरता नदेखाउने प्रवृत्तिले ‘केही भएन’ भन्ने निराशा बढाउँदो रहेछ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलमा प्रादेशिक अस्पताल बनाउन १६६ रोपनी जग्गा उपलब्ध गराएका स्थानीयवासीको उमङ्गमा प्रदेश सरकारको व्यवहार तुषारापातसरह बनेको छ ।  

कोशी प्रदेशको माथिल्लो पहाडी चार वटा जिल्ला सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरलाई लक्षित गरेर प्रादेशिक अस्पताल बन्ने भनिएपछि टोक्सेलका ३४ जना स्थानीयवासीले १६६ रोपनी जग्गा उपलब्ध गराएका थिए । करिब चार वर्षअघि उक्त जग्गा प्रदेश सामाजिक विकास मन्त्रालयका नाममा स्थानीयवासीले निःशुल्क रजिस्ट्रेसन पास गरेर दिएका थिए । दाताले निःशुल्क जग्गा उपलब्ध गराए पनि प्रदेश सरकारबाट आवश्यक बजेट नआउँदा अस्पताल नबन्ने हो कि भन्ने आशङ्काले स्थानीयवासीलाई सताएको छ ।  

चिकित्सा शिक्षासमेत अध्ययनरअध्यापन गर्ने गराउने लक्ष्यसहित बन्न लागेको प्रादेशिक १५० शैय्याको अस्पतालका लागि निःशुल्क जग्गाको खोजी हुँदा स्थानीयवासी हर्षित हुँदै उब्जाउ बारी काटेर दिएको नयन गौतमले बताए  ।  हालसम्म प्रदेशबाट आएको ४५ लाख रुपैयाँले केही जग्गा सम्याउनेबाहेक अरू काम हुन नसकेकाले अब नबन्ने पो हो कि भन्ने आशङ्का सुरु भएको उनकाो भनाइ छ । 

जग्गा प्राप्तिसँगै अस्पतालको डिपिआरसमेत निर्माण भइसकेको प्रदेश सभाका पूर्वसांसद मोहनकुमार खड्काले बताए । तत्कालीन प्रदेश सरकारबाट विनियोजित २२ लाख रुपैयाँ बजेटले डिपिआर निर्माण भएको खड्काको भनाइ छ । उनका अनुसार दुई अर्ब रुपैयाँभन्दा बढी लागतमा चिकित्सा शिक्षालयसहितको प्रादेशिक अस्पताल निर्माण सम्पन्न हुने डिपिआर बनेको छ । मध्यपहाडी लोकमार्गनजिकै र चार÷पाँच वटा जिल्लाको पायक पर्ने स्थान भएकाले जसरी भए पनि प्रादेशिक अस्पताल बनाउन सबै जना लाग्नुपर्ने पूर्वसांसद खड्काको धारणा छ । 

पहाडी जिल्लामा सम्भावित सडक दुर्घटनामा परेकालाई उपचार गर्ने, स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रादेशिक अस्पताल बनाउने योजना ल्याइएको प्रदेश सभाका पूर्वसांसद खड्काले जानकारी दिए । 

अघिल्लो सरकारले ओखलढुङ्गामा प्रादेशिक अस्पताल बनाउने योजना ल्याएको र त्यसको निरन्तरता दिने विषयमा आफू लागिपरेको कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतमल बताए  । “अस्पतालको करिब दुई अर्बको डिपिआर बनेको रहेछ, यत्रो धेरै बजेटको योजना सम्पन्न हुने सम्भावना छैन, लागत घटाएर भए पनि अस्पताल निर्माण गर्नु पर्छ,” पूर्वसभामुख गौतमले भने, “कुनै पनि हालतमा पहाडी क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउन आवश्यक छ ।” 

वर्षमा तीन करोडको दरले बजेट विनियोजन भए पनि यो योजना सम्पन्न हुन करिब ३३ वर्ष लाग्ने पूर्वसभामुख गौतमको हिसाब छ । त्यसैले लागत घटाएर अस्पताल बनाउन आवश्यक रहेको उनको तर्क छ । 

प्रादेशिक अस्पताल निर्माणका लागि जग्गाको व्यवस्था भइसकेको अवस्थामा जसरी भए पनि प्रदेश सरकारमार्फत योजना सम्पन्न गर्नुपर्ने सङ्घीय सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए । “प्रदेशले अस्पताल निर्माण गर्न नसक्ने भए नसक्ने निर्णय गरोस्, सङ्घबाट काम गर्ने पहल गरिन्छ,” सभापति खतिवडाले भने, “जनताको जग्गा अधिग्रहण गरेर त्यत्तिकै छोड्न मिल्दैन ।” बहुसङ्ख्यक पहाडी जिल्लाका नागरिक प्रत्यक्ष लाभान्वित हुने गरी बन्न लागेको प्रादेशिक अस्पताल निर्माणको योजना जसरी भए पनि सङ्घ र प्रदेश मिलेर पूरा गर्नुपर्ने खतिवडाको भनाइ छ । 

अस्पताल निर्माण सम्पन्न भएमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर र सिन्धुलीसहितका पूर्वी क्षेत्रका नागरिकले हाल भोग्दै आएको स्वास्थ्य समस्या केही हदसम्म सहज हुने विश्वास गरिएको छ । यस क्षेत्रका नागरिकले विशेषज्ञ चिकित्सकको सेवा लिन काठमाडौँलगायतका सहर पुग्नुपर्ने बाध्यता छ । 

१५० शय्याको अस्पताल बनाउनका लागि प्रदेश सरकारका अनुसार स्थानीयले १६६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तर प्रदेश तथा सङ्घका सांसदहरूले भने आस्वसन मात्र बाँड्दै कुनै सहयोग नगरेको गुनासो छ । अस्पतालको डिपीआर अनुसार निर्माणका लागि ८९ करोड ५२ लाख ५४ हजार ६२७ रुपियाँ लागत लाग्ने छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending