नेपालगन्ज । सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
नेपालगन्ज–नरैनापुर–बैजापुर जोड्ने हुलाकी राजमार्गअन्तर्गत कुण्डा चोकमा मृतकका परिवार तथा स्थानीय बासिन्दाले टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक हिमराज बिकले हुलाकी राजमार्गमा मृतकका परिवार र स्थानीय बासिन्दाहरु आएर बिहान १०ः३० बजेदेखि सडक अवरुद्ध गरेको बताए ।
सूचना अधिकारी बिकले भने, ‘‘उहाँहरुको मागका विषयमा वार्ता पनि चलिरहेको छ, माग पूरा नहुँदासम्म सडक अवरुद्ध गर्छौं भनेर उहाँहरु अहिले पनि आन्दोलनमै हुनुहुन्छ ।’’
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुर सर्रामा मङ्गलबार बेलुका नरैनापुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३७७४ नम्बरको बसले विपरीत दिशातिर गइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर, सर्रा निवासी २७ वर्षीय दिलबहादुर थारु र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २३ वर्षीय राजेश थारुको मृत्यु भएको थियो ।
स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै बिहीबार सडकमा टायर बालेर नाराबाजी गरिरहेका छन् । स्थानीय बासिन्दाको आन्दोलनका कारण हुलाकी राजमार्ग भएर चल्ने सवारी साधन ठप्प भएको जनाइएको छ । क्षतिपूर्तिमा कुरा नमिल्दा परिवारले मृतकको शव पनि बुझेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १४:१३
महोत्तरी । महोत्तरीकाे लोहारपट्टी नगरपालिका–४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत् सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्...
फाल्गुन ३० गते, २०८१ - १४:०२
काठमाडौं । देशका विभिन्न स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। दाङ, घोराही उपमहानगरपालिका-६ घर भई सोही उपमहानगरपालिका-१३ डुम्मरगाउँ डेरा ...
फाल्गुन ३० गते, २०८१ - १३:५६
नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जीप...
फाल्गुन ३० गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्...
फाल्गुन ३० गते, २०८१ - १३:३१
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–४ स्थित नवलपुर मलंगवा सडक खण्डमा गम्हरिया तर्फबाट मलंगवा तर्फ आउँदै गरेको नम्वर नखुलेको एम्बुलेन्सले तीन जना पैदल...
फाल्गुन ३० गते, २०८१ - १३:२३
काठमाडौं । अमेरिकाको कनेक्टिकटमा एक जना मानिसलाई उनकी सौतेनी आमाले २० वर्षसम्म सानो कोठामा थुनेर राखेको बताइएको छ। अधिकारीहरूका अनुसार बन्धक बनाइएका व...
फाल्गुन ३० गते, २०८१ - १२:५९
काठमाडौं । झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षी...
फाल्गुन ३० गते, २०८१ - १२:४६
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्म...
फाल्गुन ३० गते, २०८१ - १२:४०
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्म...
फाल्गुन ३० गते, २०८१ - १२:३८
वीरगञ्ज । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगम...
प्रतिकृया लेख्नुहोस्: