Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

यू–१९ महिला विश्वकपः पूजाको अलराउन्ड प्रदर्शनमा मलेसियामाथि नेपालको जित

खबरडबली संवाददाता

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालले मेलसियालाई ७ विकेटले पराजित गरेको छ ।

मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा शुक्रबार भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन् ।

मलेसियाले दिएको ४५ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई १६.५ ओभरमा ४५ रन बनाउँदा अल आउट गरेको थियो। सुरुमा ब्याटिङ गरेको मलेसियाका लागि नुरिमन हिदयाहले १५ रन बनाईन भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान पूजा महतोले ९ रन खर्चिएर चार विकेट लिईन भने रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन खर्चिएर तीन विकट हात पारिन। नेपालका लागि थप दुई विकेट रिया शर्मा र सिम्रन केसीले लिईन। 

४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो। नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोडिन। साना प्रविन १, सावित्रा धामी ३ र ज्योत्स्नीका मरासिनीले ९ रन बनाउँदा सिम्रन केसी ४ रनमा नटआउट रहिन।

नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बनिन । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँगको खेल एक विकेटले गुमाएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग भने नेपाल ८३ रनले पराजित भएको थियो।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिव...

कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ८ गते निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी वैशाख ८ गते (मंगलबार) निर्वाचन हुने भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्याल...

विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनका संरचना हटाइने, कोठा–भवन–जमिन नदिने निर्णय

विद्यार्थीको हकहितका लागि ‘स्टुडेन्ट काउन्सिल’ जस्ता नयाँ संयन्त्र स्थापना गरिने

क्रियाशिल सदस्यतामा अलमल नपरौँ, झनै व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार बस्ने, ९ वटा मुख्य एजेन्डा तय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बस्ने केन्द्रीय समिति बैठकका लागि ९ वटा मुख्य एजेन्डा तय गरेको छ। बैठक पार्टी केन्द्रीय कार्...

शिशु आहारमा मुसाको विष भेटिएपछि...

काठमाडौँ । अस्ट्रियामा शिशुका लागि बनाइएको खानेकुरामा मुसाको विष भेटिएपछि व्यापक सतर्कता अपनाइएको छ । सम्बन्धित उत्पादनहरू बजारबाट फिर्ता बोलाइएको छ ।...

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस का निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको ...

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशत भन्दाबढी वृद्धि

हुम्ला। सिमकोट-नेपालगन्जको हवाई भाडा यस पटक तेईस प्रतिशतसम्म वृद्धि भएको छ ।  हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि ...

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३:०० बजे वनस्थलीस्थित पा...

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending