काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपको प्लेअफमा नेपालले मेलसियालाई ७ विकेटले पराजित गरेको छ ।
मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा शुक्रबार भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गरिन् ।
मलेसियाले दिएको ४५ रनको सामान्य लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई १६.५ ओभरमा ४५ रन बनाउँदा अल आउट गरेको थियो। सुरुमा ब्याटिङ गरेको मलेसियाका लागि नुरिमन हिदयाहले १५ रन बनाईन भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान पूजा महतोले ९ रन खर्चिएर चार विकेट लिईन भने रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन खर्चिएर तीन विकट हात पारिन। नेपालका लागि थप दुई विकेट रिया शर्मा र सिम्रन केसीले लिईन।
४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा तीन विकेटको क्षतिमा ४७ रन बनाउँदै सात विकेटको जित निकालेको हो। नेपालको जितका लागि कप्तान पूजा महतोले नटआउट ३२ बलमा चार चौकाको मद्दतमा २३ रन जोडिन। साना प्रविन १, सावित्रा धामी ३ र ज्योत्स्नीका मरासिनीले ९ रन बनाउँदा सिम्रन केसी ४ रनमा नटआउट रहिन।
नेपालका कप्तान पूजा प्लेयर अफ द म्याच बनिन । यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको नेपालले स्कटल्याण्डसँगको खेल एक विकेटले गुमाएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग भने नेपाल ८३ रनले पराजित भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १४:१४
बुटवल । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रह...
मंसिर २५ गते, २०८२ - १४:१०
काठमाडौँ। मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् । भन्सार विभागका नि...
मंसिर २५ गते, २०८२ - १२:५८
काठमाडौं। सहकारी विभागले सबै सहकारी संस्थाका सञ्चालकहरूलाई दोहोरो वा तेहरो पद सम्हाल्न नपाइने स्पष्ट निर्देशन जारी गरेको छ। यसका अनुसार, प्रत्येक व्यक...
मंसिर २५ गते, २०८२ - १२:३०
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नै रहेको बताएको छिन् । बुधवार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दि...
मंसिर २५ गते, २०८२ - ११:५६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग सहकार्य गर्दै प्रभावकारी नतिजा दिने प्रतिव...
मंसिर २५ गते, २०८२ - ११:३५
हुम्ला। जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन । सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँको स...
मंसिर २५ गते, २०८२ - ११:२२
काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले औपचारिक रूपमा कार्यभार सम...
मंसिर २५ गते, २०८२ - ११:०७
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। प्रतिनिधिस...
मंसिर २५ गते, २०८२ - १०:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। भण्डारीले सामाजिक सञ...
मंसिर २५ गते, २०८२ - १०:४४
धनगढी। कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका ...




प्रतिकृया लेख्नुहोस्: