Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यसरी पछारियो संविधान रोक्न खोजेको भारतीय विस्तारवाद

\"nepal_india_flag\"काठमाडौं । नेपाली नेताहरुलाई सम्झाउन र संविधान निर्माण प्रक्रिया रोक्न आएका भारतीय प्रधानमन्त्री मोदीका विशेष दुत एस.जयशंकर नेपालका ‘नेताहरुको एउटै स्वर’ सुनेपछि विक्षिप्त भएर शनिबार स्वदेश फर्किएका छन् । संविधान निर्माण प्रक्रिया तत्काल स्थगित गरेर आन्दोलनरत मधेशी दलसँग वार्ता गर्नुपर्ने, कफ्र्यु लगाएर जारी गरिएको संविधान लागू गर्न कठिन हुने र स्थायित्व नहुने, आन्दोलनरत दलहरुले मधेश जलाईरहँदा त्यो आगो भारतमा पनि सल्कने हुँदा आफु टुलुटुलु हेर्न नसक्ने र अन्तर्राष्ट्रिय जगत सबैले स्वागत गर्दा पनि आफूले यसरी जारी गरिएको संविधानको स्वागत गर्न नसक्ने सन्देश प्रवाह गर्न आएका मोदी दुत जयशंकरले प्रायः यही कुरा सबै नेताहरुसँग दोहोर्याएका थिए । सबैभन्दा पहिला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका जयशंकरले नरम भाषामा माथि उल्लेखित कुरा राखेका थिए भने सबैभन्दा अन्तिममा भेटेका एमाओवादी अध्यक्ष प्रचण्डसँग निकै कडा रुपमा जयशंकर प्रस्तुत भएका थिए । कडा रुपमा प्रस्तुत भएका जयशंकरलाई एमाओवादी अध्यक्ष प्रचण्डले निकै नरम शैलीमा कडा जवाफ दिएपछि उनी विक्षिप्त भएको स्रोतको दाबी छ  । जयशंकरसँग नेपाली नेताहरु प्रचण्ड, ओली र प्रधानमन्त्री कोइरालाको कुरा एउटै थियो । संविधान जारी गर्न दुइ दिनमात्र बाँकी छँदा जारी प्रक्रिया नरोकी नछोड्ने जिद्धी गरिरहेको भारतलाई जसरी पनि जारी गरेरै छोड्ने जवाफ तिनै नेताहरुले दिएको विभिन्न स्रोतहरुले बताएका छन् । मधेश आन्दोलनका बारेमा अलि बढी केन्द्रित भएका जयशंकरलाई एमाओवादी अध्यक्षले सच्चा छिमेकीले समग्र नेपालीको बारेमा सोच्नुपर्ने र मधेशी नेताहरुको बारेमा मात्रै सोच्दा भारतलाई नै घाटा हुनसक्ने बताएपछि जयशंकर भेटकै क्रममा मुरमुरिएका थिए । उनले प्रचण्डको जवाफमा आफूले मधेशमा आगो लाग्दा टुलुटुलु हेर्न नसक्ने बताएर प्रचण्डलाई थप दबाब बढाउन खोजेका थिए । यही सवाललाई जयशंकरले ओलीसँगको भेटमा भने फरकरुपमा उठाएका थिए । स्रोतका अनुसार सिंगो मधेशलाई अलग्याएर कसरी संविधान बनाउनसक्नुहुन्छ  ? भनी जयशंकरले गरेको प्रश्नमा ओलीले ‘कुन मधेश ? ’ भन्दै प्रतिप्रश्न गरेका थिए । मधेशमा कांग्रेस÷एमाले र एमाओवादीबाट प्रतिनिधित्व गर्ने सभासद र आन्दोलनरत दलहरुको संख्या नै उल्लेख गरेर मधेशको प्रतिनिधित्वको बारेमा जवाफ दिएका थिए । साथै, भारतमा ६६ प्रतिशतको मात्र समर्थनमा संविधान जारी भएको तर, नेपालमा ९० प्रतिशत बढीको समर्थन रहेको भन्दै ओलीले लोकतान्त्रिक विधिको निर्णयमा हस्तक्षेप र दबाब नदिन भन्दै जायज माग भए संविधान जारी भएपछि पनि समेट्न सकिने बताएका थिए । अलगअलग तरिकाले भएका छलफलहरुमा एउटै जवाफ पाएका जयशंकरले अन्तिममा एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुको रणनीति गलाउन सकिन्छ भन्नेमा रहेको थियो । प्रचण्डलाई भेट्नुअघि आन्दोलनकारीका पक्षमा रहेका राष्ट्रपति डा. रामबरण यादव र मधेशवादी दलसँग भेटेका जयशंकरको मुख्य उद्देश्य प्रचण्डलाई गलाउनु थियो । सोही कारण उनले प्रचण्डलाई अन्तिममा भेट्ने योजना बनाएका थिए । स्रोतहरुका अनुसार प्रचण्डलाई गलाउन सक्दा जारी संविधान निर्माण प्रक्रिया रोक्न सकिने बुझाईमा भारत थियो । शालीन शैलीमा प्रस्तुत भएका प्रचण्डको भद्र तर चट्टानी जवाफ पाएपछि जयशंकर निराश भएका थिए । स्रोत भन्छ,–‘तपाईको भ्रमणको समय मिलेन, एउटा छिमेकीले संविधान निर्माणको बारेमा आफ्नो धारणा राख्नुलाई हामीले गलत भन्दैनौं  । कि १०/१५ दिन अघि हुनुपथ्र्यो कि केहीदिन पछि आउनुभएको भए हुन्थ्यो’ । उल्टो प्रचण्डले असल छिमेकीको नाताले संविधान निर्माण  प्रक्रियामा भारतको सहयोग आवश्यक रहेको बताएका थिए । जयशंकरले मधेशी दलसँगको छलफलमा भारत आन्दोलनलाई सहयोग गर्न तयार रहेको भन्न छुटाएनन् । राष्ट्रपतिले दलहरुको दुई तिहाईभन्दा बढी बहूमतसामू आफूले केही गर्न नसक्ने र संविधानमा हस्ताक्षर गर्नैपर्ने संवैधानिक बाध्यात्मक अवस्था बताएका थिए । राष्ट्रपतिसँग संविधान जारी गर्ने प्रक्रिया रोक्ने वैधानिक बाटोको बारेमा समेत छलफल भएको स्रोतको दाबी छ । यसअघि  ०६२/०६३ को आन्दोलनमा समेत ‘राजा राख्ने’ भारतीय योजना तुहिएको थियो भने पहिलो संविधानसभामा ‘झलनाथ खनाललाई प्रधानमन्त्री नबनाउने’ भारतीय योजना असफल भएको थियो । अहिले बन्न लागेको नयाँ संविधानमा समेत पूर्व राजालाई स्पेस खोजिरहेको भारत नेपालमा तत्काल संविधान बन्न नदिने र केही समय नेपाललाई अस्थिरतामा धकेलेर आफ्नो अनुकूलको संविधान निर्माण गर्न चाहन्थ्यो । २०६२÷६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतीय दुत करणसिंह नेपाल आएर राजासँग सम्झौता गर्न दबाब दिए पनि दलहरुले स्वीकार गरेका थिएनन् । अघिल्लो शुक्रबार संविधान निर्माण प्रक्रिया रोक्न नेताहरुको घरघर पुगेका नेपालका लागी भारतीय राजदुत रंजित रे को प्रयास सफल नभएपछि भारतले रेलाई दिल्लीमा बोलाएर नेपालको बारे ब्रिफिङ सुनेको थियो । सो ब्रिफिङलगत्तै नेपाल आएका जयशंकरको शुक्रबारको दिनभरको प्रयास सफल नभएपछि उनि विक्षिप्त भएर स्वदेश फर्किएका हुन् । आज  (शनिबार) बिहान भारत नेतारुको सोही अडानपछि फर्किनु अघि संक्षिप्त मन्तव्यमा संविधान निर्माणमा भारतको साथ रहने भन्दै उनले भने, ‘यहाँ रहँदा नेपालका राष्ट्रपति, प्रधानमन्त्री र ओली, प्रचण्ड, देउवा लगायत थुप्रै मधेसी नेताहरुसँग भेटेँ, भारतले सधै नेपालको संविधान निर्माणलाई दरो सर्थन गर्दै आएको छ। संविधान जारी गर्ने अवसर खुसीयाली र सन्तुष्टिका साथ पूर्ण रुपमा टुंगियोस् तर हिचकिचाहट र हिंसाबाट होइन।  नेपालको राजनीतिक दलले अधिकतम चलकताका साथ अहिलको जटिल समयमा परिपक्वरताका साथ र दीगो संविधान निर्माण जारी गर्न सफल हुनेछन् भन्नेह आशा भारतले लिएको छ। स्रोतहरुका अनुसार मुख्य ठूला तीन दल कांग्रेस/एमाले र एमाओवादीको एउटै स्वर सुनिनुमा भारतको पछिल्लो कुटनीतिक असफलताले  भारतलाई झन् पिरोलेको छ । पछिल्लो नेपाल नीतिमै असफल भएको भारत यस्तो अप्ठ्यारो मोडमा उभिएको छ की –न उ नेपालमा जारी हुने नयाँ संविधानको स्वागत गर्न सक्छ, न उ विरोध नै गर्न सक्छ । भारतकै कुटनीतिज्ञले समेत संविधान जारी हुने अन्तिम दिनमा आएर छिमेकीमाथि ‘अस्वाभाविक र अव्यवहारिक दवाव’ दिएको भन्दै मोदी कुटनीतिको तीव्र आलोचना गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies