Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

शीर्ष नेताले मधेसी मोर्चालाई भने- वार्तामा आउनुस्, संविधान संशोधन गर्न तयार छौं

\"Prachand,-Sushil-and-KP-Oli\"काठमाडौं । नयाँ संविधान घोषणा हुनुभन्दा एक दिन अगाडि प्रमुख तीन दलले असन्तुष्ट दलहरुलाई पुनः वार्तामा आउन संयुक्त आग्रह गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले शनिबार संयुक्त पत्रकार सम्मेलन गरी वार्तामा आउन आह्वान गरेका हुन् ।

संविधानमा विमति राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट, थारुवान संयुक्त संघर्ष समिति लगायत आन्दोलनमा छन् ।  उनीहरुले नयाँ संविधान घोषणा भएकै दिन जिल्लाहरुमा संविधानको प्रति जलाउने कार्यक्रम राखेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले भने आइतबार नेपाल बन्द घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा नेताहरुले जायज मागहरु संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको भन्दै वार्तामा बस्न आह्वान गरे ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास व्यक्त गरे । उनले नयाँ संविधानलाई स्वागत गर्न खुसियाली साट्न अपिल गरे । उनले तराईको स्थिति सम्हालिदै गएको दाबी समेत गरे । प्रधानमन्त्री कोइरालाले भने, ‘तराईमा उडेको धुलो बस्दैछ । स्थिति सम्हालिदै छ ।’

यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनता असन्तुष्ट हुनुपर्ने कारण नभएको बताए । ‘गणतन्त्रलाई यो संविधानले संस्थागत गरेको छ । संघीय, समानुपातिक र समावेशीको व्यवस्था गरेको छ । सीमाना मिलेन भन्ने कुरा ठूलो होइन, भोलि पनि गर्न सकिन्छ,’ उनले भने ।

ओलीले असन्तुष्टहरुको माग समाधान गर्दै जाने प्रतिबद्धता जनाए । ‘तर, ९५ प्रतिशले ४५ प्रतिशतले भनेको मान्नैपर्छ भन्ने हुँदैन,’ उनले भने ।

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी दलका चारमध्ये तीन माग पूरा भएको बताए । मधेसवादी दलका अधिकांश माग सम्वोधन भएको भन्दै उनले आन्दोलन गरिरहनुको कारण नभएको दाबी गरे ।

‘निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याको आधार बनाइँदैन कि भन्ने थियो,’ त्यो पनि आजको बक्तव्यमा लेखिएको छ,’ प्रचण्डले भने, ‘मधेस केन्द्रित साथीहरु वार्तामा आउनुस् तपाईंहरुसँगै बसेर छलफल गर्न चाहान्छौं ।’

यो पनि पढ्नुस्

मधेसी मोर्चाले भन्यो–वार्तामा समय खेर फाल्दैनौं

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending