Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मुस्लिम बालकले बनाएको घडी, जसले अमेरिका हल्लाइदियो

\"Muslim\"अमेरिकी राज्य टेक्ससमा डिजिटल घडी बनाएको आरोपमा एक मुसलमान छात्रलार्इ उनको स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ । उनको स्कुलमा शिक्षकले ती छात्रले बम बनाएर गलत खबर पाएकाे अाधारमा उनलाइ प्रहरीले हिरासतसम्म पुर्‍याइएको खबरले अहिले अमेरिकामा नयाँ तरंग ल्याएको छ । १४ वर्षीय अहमद मोहम्मदको गिरफ्तारीको खबर सार्वजनिक भएपछि अमेरिकामा सामाजिक बहस नै छेडिएको छ । डिजिटल घडी बनाउने बालक बम बनाएको अभियोगमा पक्राउ परेपछि राष्ट्रपति बाराक ओबामा, राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टन र फेसबुकका मालिक मार्क जुकरबर्गसहित हजारौं मानिस ट्विटरमार्फत उनको समर्थन उत्रेका छन् ।
\"\"
राष्ट्रपति ओबामाले ट्विटमार्फत ती बालकलार्इ व्हाइट हाउस आउने निम्ता नै दिए । उनले आफ्नो ट्वीटमा भनेका छन्, \'धेरै राम्रो घडी बनायौं अहम, के त्यसलार्इ व्हाइट हाउसमा लिएर आउन चाहान्छौ ? अरु बच्चलार्इ पनि तिमी जस्तै विज्ञानमा रूचि बढाउनका लागि प्रेरित गर्न चाहन्छौं । यस्तै कुराले त अमेरिका महान बनिरहेको छ ।\' यो घटनालार्इ जातीय विभेद र इस्लामलार्इ लिएर स्कुल तथा अन्य मानिसले धेरै नकारात्मक भएर हेरिरहेका छन् । कयौं मानिस यी बालकलार्इ उनी मुसलमान र उनको नाम असहमत भएकै कारण बम बनाएको भन्दै नचाहिँदो शंका गरिरहेका छन् । \"obama\"
टेक्ससको पुलिसले एक पत्रकार सम्मेलन गरेर अहमदमाथि कुनै किसिमको आरोप नलगाइएको दाबी गरेको छ ।
पुलिस प्रमुखले भने, \'हामीलार्इ त्यस्तो कुनै सबुत मिलेको छैन, अहमदले बम बनाएको अफबाह फैल्याइएको बारे अनुसन्धान गरिरहेका छौं । तर अहिलेसम्म अहमदले बम बनाएको कुरा सरासर गलत हो ।\' उता आफ्नै घरमा पत्रकारहरुलार्इ बोलाएर गरिएको सानो पत्रकार सम्मेलनमा बोल्दै नौ कक्षाका छात्र अहमदले घडी बनाउँदा अफ्ठेरोमा परेको ब्यक्ति आफैं भएको स्पष्टिकरण दिए । \'म नै हुँ त्यो मान्छे, जो घडी बनाएर अफ्ठेरोमा परेँ\', अहमदले मुस्काउँदै भने । अहमद म्याकार्थर हाई स्कुलमा केही दिनअघिबाट हाजिर हुन थालेका थिए । विज्ञान प्रविधिमा उनको खास रुची र चासो छ । उनले स्कुलमै एक सर्किट बोर्डको सहयोगमा एक डिजिटल घडी बनाएका थिए । उनले त्यो घडी एक पेन्सिल बक्समा जडान गरेर त्यसलार्इ इन्जिनियरिङ्गका शिक्षकलार्इ देखाए ।
\"\"
स्थानीय सञ्चारमाध्यममा आएको अहमदको भनाइ अनुसार शिक्षकले उनको प्रशंसा गरेका थिए तर यो घडी अरु कसैलार्इ नदेखाउन पनि निर्देशन दिए ।
तर त्यही दिनको अघिल्लो कक्षामा घडीको घन्टी बज्न पुग्यो र उनले त्यो घडी अर्का शिक्षकलार्इ पनि देखाउनुपर्‍यो । ती शिक्षकले उनलार्इ यो घडी बम जस्तै देखिएको भन्दै अहमदबाट लिएर आफूले राखे ।केही बेरमै उनलार्इ एक कोठामा लगियो । अहमदका अनुसार जहाँ पाँच-छजना पुलिस थिए । ती पुलिसले उनको झोला र शरीरमा रहेका सबै सामानको खानतलासी गरे । पुरा चेकजाँच गरेपछि उनलार्इ प्रहरीले सोधे, \'ए तिमी बम बनाउने कोशिश गरिरहेका थियौ ?\' उनले ती पुलिससँग आफूले बम बनाएको कुरा तत्कालै अस्वीकार गरे । बम बनाएको नकारेपछि उनलार्इ हतकडी लगाएर प्रहरी कार्यालयमा लगी उनको औंलाको निशान लिइयो ।
\"\"
यो खबर सञ्चारमाध्यममा आएपछि पूरै देशभर उनको समर्थनमा चर्को आवाज उठ्यो । ट्वीटरमा #Istandwithahmed (म अहमदको साथमा छु) को आवाज देशभर फैलिन थाल्यो । \'केही नयाँ गर्न खोज्ने क्षमता र आकांक्षा राख्नेलार्इ सजाय दिने होइन, प्रशंसा र प्रोत्सहान गर्नपुर्छ\', फेसबुकमा मालिक मार्क जुकरवर्गले फेसबुकमा लेखे \'भविष्य अहमद जस्तै मानिसको छ । यदि तिमी फेसबुकमा आउन चाह्ययौ भने तिमीसँग भेट्दा धेरै खुसी मिल्नेछ । यस्तै आविष्कार गर्दै जाउ ।\' अहमदले विश्वभरीबाट स्याबासी पाइहेका बेला मुसलमान संगठनले यो पुरा घटनाको छानविन गर्न माग गरिरहेका छन् । सुडान पुर्ख्यौली घर भएका अहमदका बाबुले आफ्नो छोरालार्इ मुसलमान भएकाकारण ११ सेप्टेम्बरको घटनाकै आधारमा निशाना बनाइएको आरोप लगाएका छन् । स्कुलको तर्फबाट निकालिएको विज्ञप्तीमा भनिएको छ, \'हामी आफ्ना बच्चा र शिक्षकलार्इ सदैव भन्दै आएका छौं कि कुनै शंकास्पद बस्तु देखे पुलिसलार्इ खबर गर्नु । अहमदको साथमा शंकास्पद बस्तु देखेपछि प्रहरीलार्इ खबर गरिएको हो।\' \'एक मुसलमान बच्चालार्इ पुरा अमेरिकामा हिरो बनाइयो\', एक अमेरिकन पत्रिकाले लेखेको छ, \'एक मुसलमानले बम विस्फोट गराउनै सक्दैन भन्के कुरा टेक्ससका यो इलकाका मानिस  मान्न तयार छैनन् ।\'
अन्नपूर्ण पाेष्ट र एजेन्सीकाे सहयाेगमा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies