अहिले भीम मल्लको सम्झनामा आँसु बहाइरहेका छन् । भीम मल्लको समय र अहिलेको समयको तुलना हिन्दी सिनेमाको खलनायक गब्बर सिंहले गाएकोे प्रेमगीतसँग मात्र गर्न सकिन्छ ।‘उपलव्धि त हो । तैपनि, मन त्यति छर्लङ्ग हुन सकेको छैन,’ विहान संक्षिप्त कुराकानीको क्रममा डा. पिताम्वर शर्माले बताउनु भयो । उहाँसँग विमति जनाउने ठाउँ नै थिएन । त्यसको केही बेरपछि डा. देवेन्द्रराज पाण्डेको स्वादिलो ट्विट पढियो, ‘इतिहास त्रूmर हुन्छ भन्थे । जोकर पनि हुँदो रै’छ । गणतन्त्र, संघीयता, समावेसिता भन्यो भनेर हामीलाई माओवादी भन्नेहरु अहिले ‘प्रचण्डपथ’मा रमाउँदै ।’ त्यसपछि कान्तिपुरमा प्रकाशित कृष्ण खनालको लेखले झस्कायो । हो त, आज जारी हुने संविधानमा रगतको टाटो लागेको छ । यो कुुरा मैले पनि पटक÷पटक लेखेको छु । यी तीन विद्वानका विचार संविधानको संश्लेषण र विश्लेषणका लागि यथेष्ट छन् । यी तीनथरि विचारले अहिलेको संविधानको मर्म खोतलेका छन् । सामान्य नेपाली जनता, सबैका लागि, संविधानको ढोका फराकिलो छैन । तैपनि, एक हदसम्म यसले गणतन्त्र, संघीयता र समाबेसी लोकतन्त्रलाई नेपाली भूमिसँग जोडेको छ । र, सीमाङ्कनका प्रश्नले संविधानलाई रक्तरञ्जित बनाएको छ । संविधान जारी हुन लागेको यो क्षणमा एउटा कुरा पृष्ठभूमिमा पार्न खोजिएको छ । संविधानसभाबाट संविधान निर्माणको लक्ष्यसाथ माओवादीले सुरु गरेको हिंसात्मक विद्रोह अब इतिहासको खातामा गएको छ । वृहत् शान्तिसम्झौताका माध्यमद्वारा विद्रोही माओवादीको शान्तिपूर्ण राजनीतिमा अवतरणको एक दसक बित्न थोरै दिन मात्र बाँकी रहेको यो समयमा गणतन्त्र नेपालको संविधान जारी हुनु र त्यो संविधानको निर्माणमा विद्रोहका सर्वोच्च कमाण्डर प्रचण्डको सक्रिय सहभागिता रहनु अहिलेको संविधानको महत्वपूर्ण पक्ष रह्यो । संविधानको निर्माणसँगै हिंसा बिसाएको एक दशकपछिसम्म कुलीनतन्त्रका प्रतिनिधिहरुद्वारा पन्ध्रहजार मानिसका हत्यारा भनेर आरोपित प्रचण्डले त्यो आरोपलाई बिसाएका छन् । बहुमतका आधारमा संविधान जारी गर्ने प्रक्रियामा लागेका कांग्रेस र एमाले नेतृत्वसँग प्रचण्डले सहकार्र्य नगरेको भए संविधान प्राविधिकरुपले पनि खण्डित हुन सक्दथ्यो । अहिले प्रविधि र संख्या दुवै दृष्टिले संविधान अपूर्ण छैन । तर पनि डा. पिताम्वर शर्माले भनेजस्तै संविधानका पक्षमा मन छर्लङ्ग खुल्न सकेको छैन । शनिवारको पत्रकार सम्मेलनमा प्रचण्डले भनेजस्तै संविधान जारी भइसकेपछि मधेस आन्दोलनको आवश्यकता छैन । होला यो कुुरा– तर, मधेसको असन्तोषको सम्बोधन अहिले नै गर्न किन हच्किएका छन् नेताहरु ? यसको उत्तर प्रचण्डबाट पनि आएको छैन । देशमा द्वन्दहरु सकिएका छैनन् । क्षेत्रीय द्वन्दका रुपमा मधेस देखिन थालेको छ । तर, अहिलेसम्मकै सर्वाधिक प्रभावशाली, पीडादायक र परिवर्तनमुखी माओवादी द्वन्दले आफनो चक्र पूरा गरेको छ । यो माओवादी द्वन्दको शान्तिपूर्ण व्यवस्थापनको खोजीमा लागेका सवै मिडियाकर्मी र अभियानकर्ताको लागि खुशीको कुरा हो । प्रचण्ड नेतृत्वको पार्टी पहिलोपल्ट साम्यवादी सिद्धान्तको आडमा विपरीत उद्देश्य बोकेका गुट र समूहको प्रभावबाट मुक्त हुन थालेको छ । प्रचण्डले एक्लै सोचेर निर्णय गरे भने उनको निर्णय विवेकपूर्ण हुन्छ भन्ने पनि अहिलेको संविधान निर्माणले साबित गरेको छ । महेन्द्रकालदेखि नै उनको हितमा कांग्रेसविरोधी राजनीतिको झण्डा बोकेर हिंडेका वामपन्थी नेता संविधान निर्माणको क्रममा उदाङ्गिएका छन् र अहिले भीम मल्लको सम्झनामा आँसु बहाइरहेका छन् । भीम मल्लको समय र अहिलेको समयको तुलना हिन्दी सिनेमाको खलनायक गब्बर सिंहले गाएकोे प्रेमगीतसँग मात्र गर्न सकिन्छ । कटवाल–काण्डदेखि एकपछि अर्को दवाबमा निर्णय लिँदैआएका प्रचण्ड यतिखेर तनावमुक्त देखिएका छन् । उनी जुन तहमा छन् त्यो तहको नेतामा हुुनुपर्ने आत्मविश्वास उनी प्राप्त गर्दैछन् । मधेसको विषयमा निर्णय लिनुपर्ने चुनौति अहिलेका तीनै नेताले लिन सकेनन् । अब संविधान जारी भइसकेपछिको अवस्थामा यसको प्रतिरक्षाकोे दायित्व यी तीनै नेताको हो । प्रचण्डले आन्दोलन बुझेका छन् र मधेस पनि बुझेका छन् । मधेसको घाइते हृदयप्रति उनी संवेदनशील भए भने यो समस्या टुंगिन सक्दछ । संविधानमा प्राविधिकरुपले समेटिएको मधेसलाई भावनात्मकरुपले समेट्न उनको पहल र योगदान आवश्यक छ ।
प्रतिकृया लेख्नुहोस्: