Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

अमेरिकी प्रतिवेदनमा राप्रपाको आन्दोलनबारे चर्चा

अमेरिकामा भारतको ‘रअ’लाई प्रतिबन्ध गर्न माग

खबरडबली संवाददाता

काठमाडौं। अमेरिकाको एक संघीय आयोगले जारी गरेको प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा राप्रपाले गरेको प्रदर्शनबारे चर्चा गरिएको छ ।

मंगलबार अमेरिकाको ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक जारी गरेको प्रतिवेदनकै एक अंशमा नेपालको सन्दर्भबारे संक्षिप्त चर्चा गरिएको हो ।

 प्रतिवेदनको पेज नम्बर ७७ मा नेपालबारे उल्लेख छ । ‘नेपालमा हिन्दु राष्ट्रवादी भावनामा वृद्धि जारी छ, जसमा हिन्दु राजतन्त्र बहालीको वकालत गर्ने कयौँ मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

अप्रिलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काठमाडौंमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएको र प्रहरीसँग उनीहरूको झडप भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै ईसाइहरूको उत्पीडन र गिरफ्तारी बढेको पनि प्रतिवेदनमा भनिएको छ । केशव आचार्य नाम गरेका पादरीलाई धर्म परिवर्तन गराएको आरोपमा सर्वोच्च अदालतले एक वर्षको कैद सजाय सुनाएको र मार्चमा चार ईसाइलाई जबर्जस्ती धर्म परिवर्तन गराएको तथा बाइबल लगेको आरोपमा २४ दिनसम्म हिरासतमा राखिएको पनि सो प्रतिवेदनमा उल्लेख रहेकाे छ ।

‘यूएससीआईआरएफ’ सन् १९९८ मा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम अन्तर्गत बनाइएको एक अमेरिकी संघीय आयोग हो । यसको मुख्य काम अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका मुद्दामा अनुसन्धान र निगरानी गर्नु हो ।

‘यूएससीआईआरएफ’ ले जारी गरेको प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रिसर्च एन्ड एनालासिस विङ्ग’ (रअ)लाई अमेरिकामा प्रतिबन्ध लगाउन पनि माग गरिएको छ ।

भारतमा धार्मिक स्वतन्त्रताको स्थिति लगातार नाजुक बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । धार्मिक अल्पसंख्यकमाथि हमला र भेदभाव भारतमा लगातार बढ्दै गएको उक्त प्रतिवेदनमा भनिएको छ ।

९६ पानाको उक्त प्रतिवेदनमा भारतको विषय पृष्ठ नम्बर २२ र २३ मा उल्लेख गरिएको छ । प्रतिवेदनमा ‘रअ’को बारेमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय रिपोर्टिङ र क्यानाडा सरकारको गुप्तचर जानकारी अनुसार रअका एक अधिकारी र ६ कूटनीतिज्ञ न्यूयोर्कमा सन् २०२३ मा एक अमेरिकी सिख कार्यकर्ताको हत्या प्रयासमा संलग्न भएको आरोपलाई पुष्टि गरेको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending