Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

अमेरिकी प्रतिवेदनमा राप्रपाको आन्दोलनबारे चर्चा

अमेरिकामा भारतको ‘रअ’लाई प्रतिबन्ध गर्न माग

खबरडबली संवाददाता

काठमाडौं। अमेरिकाको एक संघीय आयोगले जारी गरेको प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा राप्रपाले गरेको प्रदर्शनबारे चर्चा गरिएको छ ।

मंगलबार अमेरिकाको ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक जारी गरेको प्रतिवेदनकै एक अंशमा नेपालको सन्दर्भबारे संक्षिप्त चर्चा गरिएको हो ।

 प्रतिवेदनको पेज नम्बर ७७ मा नेपालबारे उल्लेख छ । ‘नेपालमा हिन्दु राष्ट्रवादी भावनामा वृद्धि जारी छ, जसमा हिन्दु राजतन्त्र बहालीको वकालत गर्ने कयौँ मानिस विरोध प्रदर्शनमा उत्रिएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

अप्रिलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा काठमाडौंमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएको र प्रहरीसँग उनीहरूको झडप भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै ईसाइहरूको उत्पीडन र गिरफ्तारी बढेको पनि प्रतिवेदनमा भनिएको छ । केशव आचार्य नाम गरेका पादरीलाई धर्म परिवर्तन गराएको आरोपमा सर्वोच्च अदालतले एक वर्षको कैद सजाय सुनाएको र मार्चमा चार ईसाइलाई जबर्जस्ती धर्म परिवर्तन गराएको तथा बाइबल लगेको आरोपमा २४ दिनसम्म हिरासतमा राखिएको पनि सो प्रतिवेदनमा उल्लेख रहेकाे छ ।

‘यूएससीआईआरएफ’ सन् १९९८ मा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम अन्तर्गत बनाइएको एक अमेरिकी संघीय आयोग हो । यसको मुख्य काम अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका मुद्दामा अनुसन्धान र निगरानी गर्नु हो ।

‘यूएससीआईआरएफ’ ले जारी गरेको प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रिसर्च एन्ड एनालासिस विङ्ग’ (रअ)लाई अमेरिकामा प्रतिबन्ध लगाउन पनि माग गरिएको छ ।

भारतमा धार्मिक स्वतन्त्रताको स्थिति लगातार नाजुक बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । धार्मिक अल्पसंख्यकमाथि हमला र भेदभाव भारतमा लगातार बढ्दै गएको उक्त प्रतिवेदनमा भनिएको छ ।

९६ पानाको उक्त प्रतिवेदनमा भारतको विषय पृष्ठ नम्बर २२ र २३ मा उल्लेख गरिएको छ । प्रतिवेदनमा ‘रअ’को बारेमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय रिपोर्टिङ र क्यानाडा सरकारको गुप्तचर जानकारी अनुसार रअका एक अधिकारी र ६ कूटनीतिज्ञ न्यूयोर्कमा सन् २०२३ मा एक अमेरिकी सिख कार्यकर्ताको हत्या प्रयासमा संलग्न भएको आरोपलाई पुष्टि गरेको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘डोजरको डर पोखरामा पनि’ विकल्प बिना नहट्ने सुकुम्बासीको चेतावनी

पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा ख...

गर्मीमा ‘पानी मात्र’ भर पर्नु जोखिमपूर्ण—डिहाइड्रेसनबाट बच्न जान्नैपर्ने उपायहरू

काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

मोतिपुरमा ‘डोजर विरुद्व बस्ती’: केन्द्रको दबाब, मेयरको विद्रोह, हजारौं परिवार त्रासमा

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...

मुस्ताङमा भेटियो जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending