काठमाडौं । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले यसअघिका त्यस्तो आगलागीले भन्दा धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन्।
हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन्। प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन्।
मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ। डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ।
हालसम्मकै खराब
दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ।
अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन्।
तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ। बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ। कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ।
देशका विपद् प्रमुखले आगलागीको मात्राले जलवायु सङ्कटको कठोर वास्तविकतालाई उजागर गरेको बताएका छन्।
सांस्कृतिक धरोहरमा पनि असर
आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ।
दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन्।
मौसम पूर्वानुमानहरूमा डढेलो प्रभावित क्षेत्रमा लगभग ५ मिलिमिटर वर्षा हुने अनुमान गरिए तापनि अधिकारीहरूले त्यसलाई सजगतापूर्वक हेरेको बताएका छन्।
"वर्षाको मात्रा कम छ, त्यसैले यसले आगो निभाउन धेरै मद्दत गर्ने देखिँदैन," कोरिया वन सेवाका प्रमुख लिम साङ-सिओपले एक ब्रीफिङमा भने। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - ०८:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली पुनः नेपाली कांग्रेस मा फर्किएका छन्। उनलाई सोमबार सर्लाह...
फाल्गुन ११ गते, २०८२ - ०८:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (व...
फाल्गुन ११ गते, २०८२ - ०८:११
तनहुँ । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रूपमा सङ्कलन ग...
फाल्गुन ११ गते, २०८२ - ०८:१०
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ । गृहमन्त्री...
फाल्गुन ११ गते, २०८२ - ०८:०७
सिरहा । यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।...
फाल्गुन ११ गते, २०८२ - ०८:०४
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरे...
फाल्गुन ११ गते, २०८२ - ०८:०१
१७ जना मृतकको सनाखत हुन बाँकी
फाल्गुन ११ गते, २०८२ - ०७:५४
काठमाडौँ । प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्य...
फाल्गुन ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक...
फाल्गुन ११ गते, २०८२ - ०७:३३
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठम...



प्रतिकृया लेख्नुहोस्: