Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

स्कुटर चोरी गर्ने र जलाउनेसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी तथा आगजनीमा संलग्न ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये १३ देखि १६ वर्ष उमेर समूहका ७ जना बालक र २० वर्षीय दिनेश गुरुङ छन् ।

प्रहरीका अनुसार चैत १३ गते राति पोखरा महानगरपालिका–२० भलामस्थित घरअगाडि पार्किङ गरिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

चैत १६ गते पोखरा–१६ लामाचौरस्थित माथिल्लो दीप क्षेत्रमा शंकास्पद अवस्थामा ग ८ प ५४२९ नम्बरको स्कुटर चलाइरहेका दुई जना बालक फेला परेका कास्की प्रहरीले बताएको छ । सोधपुछपछि उनीहरुले स्कुटर चैत १४ गते राति हल्लनचोकबाट चोरी गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनीहरुले पुराना मोडलका स्कुटर चोरी गरी केही दिन चलाएर अन्यत्र छोड्ने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ । थप अनुसन्धानका क्रममा विभिन्न स्थानबाट १० वटा चोरी भएका स्कुटर फेला पारिएको प्रहरीले जनाएको छ । गोरखाका दिनेश गुरुङ पोखरा–१६ दीपमा बस्दै आएका थिए ।

स्कुटर जलाउने ५ जना पक्राउ

दिनेश गुरुङ सहित ५ जनाले भलामबाट चोरी भएको स्कुटर नागथान क्षेत्रमा लगी चलाएका थिए। तीन दिनपछि स्कुटर पुनः चलाएर लैजाँदै गर्दा डाँडा कटेरीमा पुग्दा बिग्रिएपछि ट्यांकीमा आगजनी गरेको खुल्न आएको छ ।

पक्राउ परेका आठै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘डोजरको डर पोखरामा पनि’ विकल्प बिना नहट्ने सुकुम्बासीको चेतावनी

पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा ख...

गर्मीमा ‘पानी मात्र’ भर पर्नु जोखिमपूर्ण—डिहाइड्रेसनबाट बच्न जान्नैपर्ने उपायहरू

काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

मोतिपुरमा ‘डोजर विरुद्व बस्ती’: केन्द्रको दबाब, मेयरको विद्रोह, हजारौं परिवार त्रासमा

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...

मुस्ताङमा भेटियो जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending