Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

कार्यकर्ता भर्ती गर्न बन्द उद्योगमा पदाधिकारी नियुक्त गर्दै सरकार

खबरडबली संवाददाता

काठमाडौं । झन्डै चार दशकअघि स्थापना भएर पनि उत्पादन थाल्नै नसकेका दुई रुग्ण सरकारी उद्योग नेपाल मेटल र ओरिन्ड म्याग्नेसाइट कम्पनी पूर्ण रूपमा बन्द गर्न सरकारले नै गठन गरेको अध्ययन समितिले साढे चार वर्षअघि सुझाव दिएको थियो । तर, अहिले आएर सरकारले कार्यकर्ता व्यवस्थापनका लागि यी उद्योगमा अध्यक्ष नियुक्त गर्न लागेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० चैतमा नेपाल मेटल कम्पनी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिको अध्यक्ष पदका लागि दरखास्त खुलाएको थियो । जसमा कम्पनीलाई के गर्ने उद्देश्यले अध्यक्ष नियुक्त गर्न खोजिएको भन्ने केही खुलाइएको थिएन । 

आवेदनका लागि दिइएको सात दिनको म्यादभित्रै आवेदन परेको र अध्यक्ष नियुक्तिकै प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । तर, आफू कार्यालयबाहिर रहेकाले कतिजना र कस–कसको आवेदन परेको भन्नेबारे हेरेर मात्रै भन्न सक्ने बताए । 

दुवै कम्पनीको अध्यक्षको जिम्मेवारी अहिले खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश नेपालीलाई छ । तर, स्थापनाकालदेखि सञ्चालनमै नरहेका कम्पनीमा अध्यक्षको जिम्मेवारीमा सरकारकै कर्मचारी छँदाछँदै बाहिरबाट अर्को अध्यक्ष नियुक्त गर्न खोज्नुले सरकारको नियतमाथि प्रश्न उठेको पूर्वसचिव विमल वाग्लेको टिप्पणी छ । 

‘आर्थिक हिसाबले टाट उल्टिएका कम्पनीलाई व्यवस्थापन गर्न नीतिनिर्माण तहमा काम गरेका कर्मचारी पठाएर काम गर्न सकिन्थ्यो । तर, केका लागि सडकबाट मान्छे ल्याउन खोजिएको छ भन्ने मैले बुझ्न सकेको छैन । सही नियतले ल्याउन खोजिएको हो भने टाट उल्टिएको कम्पनीमा किन मान्छे आउन खोज्दै छन् त ?’ उनले भने, ‘मन्त्रालयकै अनुभवी कर्मचारी पठाएर कम्पनीको व्यवस्थापनका लागि अध्ययन गरी सुझाव लिए पुग्नेमा बाहिरबाट भर्ती गर्न खोजिनुले सरकारको नियतमाथि स्वाभाविक रूपमा प्रश्न उठेको छ ।’ 

त्यसो त, अध्ययन समितिले बन्द गर्न दिएको सुझावविपरीत ५ कात्तिकमा अर्थमन्त्री विष्णु पौडेलले यी दुईसहित नौ उद्योगलाई निजीकरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । निजीकरणको नाममा सरकारले उद्योगका सम्पत्तिमाथि अनियमितता गर्न लागेको भन्दै आलोचना भइरहेका वेला दुई उद्योगमा अध्यक्ष नियुक्तिको तयारी थालिएको छ । अर्थमन्त्री पौडेलको अध्यक्षतामा बसेको निजीकरण समितिको बैठकले नेपाल मेटल कम्पनी र नेपाल ओरिन्ड म्याग्नेसाइट प्रालिसहित विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग र हेटौँडा सिमेन्ट उद्योगलाई विभिन्न सर्तमा निजीकरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । तर, कम्पनी निजीकरणको टुंगो नलाग्दै उद्योग मन्त्रालयले अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउनु विरोधाभास छ । 

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका सहसचिव छविन्द्र पराजुली भने खानी विभागमा महानिर्देशक नै कम्पनीमा अध्यक्ष रहेकाले खानीहरूको नवीकरण गर्न स्वार्थ बाझिने भएकाले छुट्टै व्यक्ति अध्यक्षमा नियुक्त गर्न खोजिएको तर्क गर्छन् । 

‘अहिले खानीको नवीकरण गर्ने समय छ । नियामक र सञ्चालक छुट्टिनुपर्ने आधारभूत मान्यताअनुसार नै खानी विभागका महानिर्देशक र कम्पनीको अध्यक्ष अलग्गै हुनुपर्ने देखिन्छ । नयाँ अध्यक्ष आएपछि उक्त व्यक्तिले खानीको नवीकरणलाई आवेदन दिन सहज हुन्छ । त्यस्तै, महानिर्देशकले पनि स्वार्थ नबाझिने गरी निर्णय लिन सक्छन्,’ उनले भने । 

उनले अध्यक्ष नियुक्तिपछि नै कम्पनीहरू सञ्चालन गर्ने वा निजीकरणमा लैजाने भनेर छिनोफानो गरिने पनि बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending