Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

एक वर्षमै पुग्यो ट्रम्पको सम्पत्ति भयो दोब्बर

खबरडबली संवाददाता

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ५.१ बिलियन डलरको कुल सम्पत्तिको साथ २०२५को फोर्ब्स अरबपतिहरूको सूचीमा ५०० औं स्थानमा आइपुगेका छन्।

आफ्नो बढ्दो कानुनी समस्या र ४५४ मिलियन धोखाधडीको बोझले डोनाल्ड ट्रम्पको आर्थिक भविष्य एक वर्ष पहिले अन्धकार जस्तै देखिन्थ्यो। तर, अब फोर्ब्सका अनुसार पछिल्लो १२ महिनामा उनको सम्पत्ति दोब्बर भएको छ ।

ट्रम्पको आर्थिक समस्या २०२४ मा सुरु भएको थियो, जब न्यूयोर्कको एक अदालतले अनुकूल ऋण सर्तहरू सुरक्षित गर्नको लागि आफ्नो कुल सम्पत्ति बढाएकोमा उनको विरुद्धमा फैसला गरेको थियो ।

न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले पनि आफ्नो प्रतिष्ठित ४० वाल स्ट्रीट भवन सहितको सम्पत्ति जफत गर्ने संकेत दिएका छन्। एक पटक ट्रम्पको अनुमानित नगद ब्यालेन्स ४१३ मिलियन मात्र थियो र उनको भविष्य अनिश्चित जस्तै देखिन्थ्यो।

तर, ट्रम्पले साहसका साथ लडेका थिए । उसको कानुनी टोलीले अदालतहरूलाई सम्पत्ति जफत रोक्न आवश्यक बन्ड रकमलाई ४५४ मिलियनबाट १७५  मिलियनमा घटाउनको लागि विश्वस्त तुल्याएको थियो ।

सोही अप्ठयारो समयमा उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथलाई सार्वजनिक गरेका छन् । उनका समर्थकले पनि स्टकमा लगानी गरेका छन् । मार्च २०२५ सम्ममा ट्रम्पको २.६ अर्ब रुपैयाँको शेयर थियो ।

डोनाल्ड ट्रम्पको लागि क्रिप्टो मुद्रा वास्तविक गेम चेन्जर साबित भयो। अक्टोबर २०२४ मा, ट्रम्पले वल्र्ड लिबर्टी फाइनान्सियल, नौसिखिया लगानीकर्ताहरूका लागि क्रिप्टो परियोजना सुरु गरेका थिए । ट्रम्पको राष्ट्रपति चुनावमा विजय पछि क्रिप्टो उद्यमी जस्टिन सनको प्रचारका कारण यस परियोजनाको मूल्यमा ठूलो उछाल आएको थियो। अन्ततः, ट्रम्पको कर पछिको आम्दानी एक आश्चर्यजनक रूपमा २४५ मिलियनले बढ्यो।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ । गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिँदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७...

परदेशमै अस्ताएका सपना

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाका ४० वर्षीय पुरुष केही वर्ष पहिले परिवारको सुन्दर सपना बोकेर संयुक्त अरव इमिरेट्स (युएई) पुगे । युएईको दुबईमा एउटा घ...

‘डोजरको डर पोखरामा पनि’ विकल्प बिना नहट्ने सुकुम्बासीको चेतावनी

पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चल्न थालेको प्रभाव अब पोखरामा पनि देखिन थालेको छ। महानगरपालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गा ख...

गर्मीमा ‘पानी मात्र’ भर पर्नु जोखिमपूर्ण—डिहाइड्रेसनबाट बच्न जान्नैपर्ने उपायहरू

काठमाडौं । तापक्रम बढ्दै जाँदा धेरैले “धेरै पानी पिए पुग्छ” भन्ने सोच्छन्। तर स्वास्थ्य विशेषज्ञहरू भन्छन्—गर्मीमा पानी मात्रै पर्याप्त हुँदैन, शरीरला...

सरकारको ‘ठूलो कटौती’ योजना : ४ मन्त्रालय खारेज, दर्जन संरचना फेरबदलको खाका

काठमाडौं । संघीय सरकारको संरचना हल्लाउने गरी मन्त्रालय मर्ज र खारेजको ठूलाे खाका आज मन्त्रिपरिषद् बैठकमा पेस हुने तयारी भएको छ। बिहान साढे १० बजे बस्न...

मोतिपुरमा ‘डोजर विरुद्व बस्ती’: केन्द्रको दबाब, मेयरको विद्रोह, हजारौं परिवार त्रासमा

बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र फेरि विस्फोटक मोडमा पुगेको छ । केन्द्र सरकार अन्तर्गतको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती तत्का...

मुस्ताङमा भेटियो जङ्गली गधा

मुस्ताङ । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखा...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक आज बस्दै

काठमाडौँ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने भएकाे छ। कांग्रेसको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार दिउ...

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending