मुम्बई । शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ ।
जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद गरेका छन्।
यो खबर भाइरल भएपछि शाहरुख खानका फ्यानहरू उनी जहाँ सर्ने फ्ल्याट कस्तो होला भन्ने जान्न चाहन्छन् । शाहरुख खानको नयाँ छिमेकी को हुनेछन् रु त्यो लक्जरी फ्ल्याटको विवरण र भाडाको जानकारी लिउ ।
लक्जरी अपार्टमेन्ट भाडामा
शाहरुख खान आफ्नो परिवारसँग पूजा कासा भवनको अपार्टमेन्टमा सिफ्ट हुन लागेका हुन् । यो अपार्टमेन्ट एक लक्जरी डुप्लेक्स अपार्टमेन्ट हो। पाली हिल्समा अवस्थित यो अपार्टमेन्ट १० हजार ५०० स्क्वायर फिटमा फैलिएको छ। तर, मन्नतको तुलनामा यो फ्ल्याट निकै सानो मान्न सकिन्छ किनभने मन्नत २७ हजार स्क्वायर फिटमा फैलिएको छ ।
समाचार अनुसार शाहरुख खानले यस अपार्टमेन्टको लागि करिब ३ वर्षको सम्झौता गरेका छन् । अपार्टमेन्टको भाडा मासिक २४ लाख १५ हजार रुपैयाँ रहेको । यस सन्दर्भमा शाहरुख खानले तीन वर्षमा कूल ८।७ करोड भारतीय रूपैयाँ भाडा तिर्नेछन् ।
शाहरुखको नयाँ छिमेकी
बलिउडको भगनानी परिवार पूजा कासाका मालिक हुन्। वासु भगनानी, ज्याकी भगनानीका अलावा निर्माता दीपशिखा देशमुख पनि सम्मानित ब्यक्तिको रूपमा हेरिन्छन् । यस भवनमा भगनानी परिवार पनि बस्छन्। पाली हिल्स इलाका सधैं बलिउड सेलिब्रेटीहरूको मनपर्ने स्थान हो । शाहरुख खानभन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरू यहाँ बसिरहेका छन ।
अब उनी आएपछि शाहरुख खान अरु धेरै स्टारका छिमेकी बन्नेछन् । यद्यपि यो अस्थायी छिमेक हुनेछ। तर, शाहरुख खान आगामी तीन वर्षसम्म सञ्जय दत्त, आलिया भट्ट र आमिर खानका छिमेकी बन्ने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...



प्रतिकृया लेख्नुहोस्: