Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

शाहरूखको नयाँ अपार्टमेन्टको भाडा ८.६ करोड, छिमेकीमा अमिर खान

खबरडबली संवाददाता

मुम्बई । शाहरुख खान र उनको परिवार – श्रीमती गौरी खान, छोराछोरी सुहाना, आर्यन र अबराम अहिले मुम्बईको पोश क्षेत्र पाली हिलमा सरेका छन् । कारण उनको प्रतिष्ठित बंगला ‘मन्नत’ मा ठूलो परिमाणमा मर्मतसम्भारको काम सुरु भएको छ ।

जब शाहरुख म्यानेजर पूजा ददलानी र छोरी सुहानासँग आफ्नो नयाँ घर पुगे, पापाराजीले उनीहरूलाई क्यामेरामा कैद गरेका छन्।

यो खबर भाइरल भएपछि शाहरुख खानका फ्यानहरू उनी जहाँ सर्ने फ्ल्याट कस्तो होला भन्ने जान्न चाहन्छन् । शाहरुख खानको नयाँ छिमेकी को हुनेछन् रु त्यो लक्जरी फ्ल्याटको विवरण र भाडाको जानकारी लिउ ।

लक्जरी अपार्टमेन्ट भाडामा
शाहरुख खान आफ्नो परिवारसँग पूजा कासा भवनको अपार्टमेन्टमा सिफ्ट हुन लागेका हुन् । यो अपार्टमेन्ट एक लक्जरी डुप्लेक्स अपार्टमेन्ट हो। पाली हिल्समा अवस्थित यो अपार्टमेन्ट १० हजार ५०० स्क्वायर फिटमा फैलिएको छ। तर, मन्नतको तुलनामा यो फ्ल्याट निकै सानो मान्न सकिन्छ किनभने मन्नत २७ हजार स्क्वायर फिटमा फैलिएको छ । 

समाचार अनुसार शाहरुख खानले यस अपार्टमेन्टको लागि करिब ३ वर्षको सम्झौता गरेका छन् । अपार्टमेन्टको भाडा मासिक २४ लाख १५ हजार रुपैयाँ रहेको । यस सन्दर्भमा शाहरुख खानले तीन वर्षमा कूल ८।७ करोड भारतीय रूपैयाँ भाडा तिर्नेछन् ।

शाहरुखको नयाँ छिमेकी
बलिउडको भगनानी परिवार पूजा कासाका मालिक हुन्। वासु भगनानी, ज्याकी भगनानीका अलावा निर्माता दीपशिखा देशमुख पनि सम्मानित ब्यक्तिको रूपमा हेरिन्छन् । यस भवनमा भगनानी परिवार पनि बस्छन्। पाली हिल्स इलाका सधैं बलिउड सेलिब्रेटीहरूको मनपर्ने स्थान हो । शाहरुख खानभन्दा पहिले पनि धेरै बलिउड सेलिब्रेटीहरू यहाँ बसिरहेका छन । 

अब उनी आएपछि शाहरुख खान अरु धेरै स्टारका छिमेकी बन्नेछन् । यद्यपि यो अस्थायी छिमेक हुनेछ। तर, शाहरुख खान आगामी तीन वर्षसम्म सञ्जय दत्त, आलिया भट्ट र आमिर खानका छिमेकी बन्ने भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाजुराको रिलामा भाइरल ज्वरोका बिरामी बढ्दै

बाजुरा। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् । पछि...

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

मुस्ताङ। यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्...

सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता

सप्तरी। सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ । साढे तीन वर्षको अवधीमा...

अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।  कुनै पनि कानुनी प्रक्रिया पूर...

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending