Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८२ आईतवार | 4th May, 2025 Sun
Investment bank

शेयर बजार २७ सय नजिक, हाइड्रोपावरमा आकर्षण

खबरडबली संवाददाता

काठमाडौं । बुधबार शेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो ।

कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।

यस दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०।११ प्रतिशत बढे ।

फाइनान्स ०.६७, होटेल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत् र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स छन् ।

ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी एसपी नेत्रमणि गिरीले औपचारिक रूपमा सम्भालेका छन्।  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रो...

स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ। साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानि...

३ दिने भ्रमण सकेर फर्के चौथाईवाले

काठमाडौं  । तीन दिने नेपाल भ्रमण पूरा गरी भाजपा विदेश विभाग प्रमुख दिल्ली फर्केका छन्।  आफ्नो भ्रमणको क्रममा प्रधानमन्त्री, पूर्व प्रमहरु, उपप्रम, ...

नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तोः ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारको नीति तथा कार्यक्रम पूरानो ढर्राको च्यातिएको कागज जस्तो भएको टिप्पणी गरेक...

७ करोडको कारलाई ट्याक्सी बनाएपछि‘

काठमाडौं । के तपाईंले कहिल्यै ७ करोड रुपैयाँको कार किनेर ट्याक्सीको रूपमा प्रयोग गरेको व्यक्ति देख्नुभएको छ ? सायद छैन । तर, चीनका एक जना मानिसले त्यस...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र परिवारलाई सरकारी छात्राबृति

काठमाडौं  । अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्राबृति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्...

श्रम गर्ने संस्कृतिको विकास गर्दे आगामी दशकलाई आन्तरिक रोजगारी दशक बनाउने

काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरक...

सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा ...

संघीय निजामती विधेयक यसै अधिवेशनबाट पारित गर्ने

काठमाडौं । संघीय निजामती सेवा विधेयक यसै अधिवेशनबाट पारित गरिने सरकारले घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending