काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् ।
मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने जुन झारी दिउँलामा मोडलद्धय मोहन कुमार र सम्झना तमाखुको रोमान्टिक अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतका दुवै मोडल नयाँ भएपनि उनीहरुको अभिनय हेर्दा लाग्छ उनीहरु चल्तिका कलाकारहरु हुन् ।
भिडियोमा गायक तथा निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोलाई वाईड स्क्रिनमा देखाउने गरेको कोशिश तारिफ योग्य छ । करिब २ दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तृुलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन् ।
निर्देशक तुलाकै अफिसियल च्यानल वाइड स्किन मिडियाबाट बजारमा आएको भिडियोले आम दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटको भनाई रहेको छ । भिडियोको छायांकन र सम्पादन निर्देशक तुलाले नै गरेका हुन् । मकाउमा मात्रै उनले यो भिडियो सहित गरेर दर्जन बढी छायांकन गरिसकेका छन् । जसमा उनले नेपाली कलाकारहरुका अलावा मकाउकै स्थानीय मोडललाई समेत अभिनय गराइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २६ गते, २०८३ - २२:०८
काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...
बैशाख २६ गते, २०८३ - २२:०६
काठमाडाैं । तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...
बैशाख २६ गते, २०८३ - २१:२७
काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...
बैशाख २६ गते, २०८३ - १८:५९
जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...
बैशाख २६ गते, २०८३ - १८:५४
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...
बैशाख २६ गते, २०८३ - १८:५३
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...
बैशाख २६ गते, २०८३ - १८:४९
चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...
बैशाख २६ गते, २०८३ - १८:४५
दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...
बैशाख २६ गते, २०८३ - १८:४३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...
बैशाख २६ गते, २०८३ - १८:४२
जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...


प्रतिकृया लेख्नुहोस्: