Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन

खबरडबली संवाददाता

ताप्लेजुङ । पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो।

बिहानको चिसोमा लपक्क परेको कुहिरो छिचोल्दै यात्रुले आ-आफ्ना आस्थाका थुप्रा बोकेका थिए। कसैको मनमा आफ्नो मुराद पूरा गर्ने आशा थियो, कसैले घर फर्केपछि ल्याउने ‘प्रसाद’ को कल्पना गर्दै थिएका थिए।

तर त्यो यात्रा, बीचमै रोकियो - आगोको गोलामा परिणत हुँदै।

पाथीभरा क्षेत्रको सेवारो चोक पुग्नै लाग्दा, अचानक जिपले सडकमा लत्रिएको बिजुलीको तार छोयो। एक झ्याप्प आवाज, अनि आगोको ठूलो मुस्लो।

सेवारो चोकले यति दर्दनाक दृश्य सम्भवतः कहिल्यै देखेको थिएन।

मे १ ज ३०११ नम्बरको जिप पाथीभरातर्फ यात्रु बोकेको थियो। तर, लत्रिएको विद्युतको तारले टच गर्दा सवारीमा आगलागी भयो। जिपभित्रका यात्रुहरूलाई न त भाग्ने मौका मिल्यो, न त कुनै सहायता पुग्यो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावल भन्छन्, 'दुर्घटनामा दुई पुरुष र दुई महिला गरी चार जनाको घटनास्थलमै मृत्यु भएको छ।'

च्यापिएको जिपबाट सकससाथ निकालिएका दुई जना यात्रु घाइते छन्। उनीहरू आमा र छोरा हुन्। आमाको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ। उनका १० वर्षीय छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

त्यस्तै, घाइते हुनेमा ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। 

स्थानीयहरू भन्छन् - आगलागीपछि केही यात्रुहरू बच्न खोजे, तर जिपमा लागेको आगो यति भीषण थियो कि चार जनाको शव नचिनिने अवस्थामा जलेर नष्ट भएको छ।

अहिले पनि सेवारो चोकमा आगोको गन्ध र मृत्युको सन्नाटा फैलिएको छ। मानिसहरू मौन छन्, आकाश छात्तिएको छ।

ताप्लेजुङजस्ता पहाडी जिल्लामा सडकसँगै विद्युत्का पोलहरू र तारहरू अनियन्त्रित ढंगले बिछ्याइएका छन्। कतै पोल बाङ्गिएका छन्, कतै तार लत्रिएका छन्। यस्ता दुर्घटनाहरूका जोखिमबारे पटक-पटक चेतावनी दिइँदै आएको भए पनि सुधार भएको छैन।

स्थानीय एक बासिन्दा भन्छन्, 'हामीले पहिले नै भनिरहेका थियौं तार लत्रिएको छ। कुनै दिन ठूलो दुर्घटना हुन्छ। तर सुन्ने कसले?'

आज त्यो डर साँचो भयो। चार जना निर्दोष यात्रुहरूको सपना अधुरैमा छोडेर।

जिपमा आगलागी यति भीषण भएको थियो कि उनीहरूको अनुहार, शरीर चिन्नसमेत मुस्किल छ। प्रहरी र स्थानीय प्रशासन पहिचान खुलाउने प्रयासमा जुटिरहेका छन्।

पाथीभरा, जसलाई हजारौं भक्तजनले आफ्नो आस्था र विश्वासको थलो मानेका छन्। तर, पुग्नुअघि नै चार यात्रुले जीवन गुमाउनु पर्‍यो। यो केवल एउटा दुर्घटना मात्र होइन, आस्थाको यात्रा बीचमै रोकिएको एउटा पीडादायी कहानी हो।

ताप्लेजुङका स्थानीयबासी भन्छन्, 'यो केवल बिजुलीको तार मात्र होइन, राज्यको बेवास्ताले बुनेको एउटा मृत्युतर्फको बाटो थियो।'

अब प्रश्न उब्जिएको छ के अब पनि यस्ता लत्रिएका तारहरू सही गर्न ढिला गरिने छ? वा यी चार जीवनहरूको बलिदानले केही सचेतता ल्याउने छ?

सेवारो चोक, जसले आज एउटा कालो बिहान देख्यो, अब सधैंका लागि एउटा सम्झनाको स्थल बनेर बाँकी रहने छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending