Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८२ सोमबार | 12th May, 2025 Mon
Investment bank

रौतहटमा १४ बर्षिय बालकको हत्या

सांकेतिक तस्विर
खबरडबली संवाददाता

रौतहट ।  रौतहटमा एकजना १४ बर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।  जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्यागरी फालिएको अवस्थामा शव फेला परेको हो।

पछिल्लो ५ दिन देखि हराईरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा बर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीले न्युज कारखाना लाई बताएका छन्। 

घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि  घटनास्थलमा खटिएको छ।  बरामद शवको प्रकृती हेर्दा कर्तव्य गरि हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिएका छन्। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताएका छन्।

शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको  प्रहरीले जनाएको छ। गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाईकल चढेर निस्केको थियो ।

त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता न आउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा वालवालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो। 

घटना सम्बन्धी थप अनुसन्धान भै रहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाईकल हाल सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व राजा ज्ञानेन्द्रलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि....

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्द गरिएको हल्ला फैलिएपछि पूर्वराजा निकटस्थहरुले खण्डन गरेका छन् । पूर्वराजाकै योजनामा राजावादीहरुले जेठ १...

निरन्तर घट्दै निक्षेपको ब्याजदर, कुन खातामा कति ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विभिन्न खातामार्फ...

जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन  दिएको छ । सोमबार ...

जडीबुटी–पेप्सीकोला सडक दायाँ–बायाँ १५ मिटरभित्रका संरचना हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन  दिएको छ । सोमबार ...

४० वर्षदेखि हिंसात्मक आन्दोलन गर्दै आएको टर्कीको लडाकु समूहले बिसायो हतियार

काठमाडौं । एसिया र यूरोप दुवै भूगोलमा फैलिएको देश टर्कीमा विगत ४० वर्षबाट हिंसात्मक आन्दोलन गरेर अलग देश बनाउन सक्रिय एक लडाकु समूहले हतियार बिसाएको छ...

युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाउने एक महिला पक्राउ

काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।   पक्राउ पर्नेमा वीरगञ...

पर्सामा सामूहिक बलात्कारमा सम्लग्न एक जना पक्राउ

काठमाडाैं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ...

लिमी चिनाउने टासी

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमी भ्यालीमा जन्मिएको म । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढ्नलाई समूह...

शक्तिशाली सरकारलाई टेरेनन् मेटा र एक्स लगायतका सामाजिक सञ्जालले

काठमाडौं ।  मुलुककै ठुला दल नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार ग...

प्रहरीको संलग्नतामा समलिंगी महिलाको अपहरण : गम्भीर मानवअधिकार उल्लंघनप्रति आपत्ति

सिन्धुली  । समलिंगी सम्बन्धलाई स्वीकार नगर्ने परिवारका कारण विवाह गर्न गएका दुई युवती बिचल्लीमा परेका छन्। एक युवतीलाई प्रहरीले बचाए पनि अर्की युवतीला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending