मुम्बई। बलिउड सुपरस्टार सलमान खानले हालै रिलिज भएको ‘सिकन्दर’ पछि अर्को फिल्म आबद्द भएका छन् ।
उनीसँग कबीर खान र अली अब्बास जफरलगायत धेरै निर्देशकहरूसँग वार्तामा रहेका छन् तर उनले अपूर्व लखियाको सेनामा आधारित फिल्मलाई पहिलो प्राथमिकता दिएका छन्।
समाचार अनुसार सलमान खान र अपूर्व पहिलो पटक भारत–चीनबीचको गलवान उपत्यकाको झडपलाई लिएर बनाउ खोजेको फिल्ममा काम गर्ने बताइएको छ ।
पिंकभिल्लाको पछिल्लो रिपोर्टका अनुसार यो फिल्म भारतको सबैभन्दा निडर ३ कथामा आधारित छ, जुन २०२० गलवान उपत्यकाको द्वन्द्वको पृष्ठभूमिमा आधारित छ।
‘अपूर्व लखिया र सलमान खान जुलाई २०२५ बाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन्। यो लद्दाख र मुम्बईमा ७० दिनको अवधिमा छायांकन हुनेछ। यसमा सलमान खानले आफ्नो करियरमा पहिलो पटक पूर्ण फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाह गर्न लागेका छन् र उनीसँगै युवा पुस्ताका अन्य ३ जना कलाकारहरू पनि सहभागी हुनेछन्,’ पिंकाभिल्लाको रिपोर्टमा भनिएको छ। तर, सो फिल्मको नाम भने अझै सार्बजनिक गरिसकिएको छैन ।
उता, लखिया बाहेक सलमान खान निर्देशक कबीर खानसँग पनि एक नयाँ फिल्मको बारेमा छलफल गरिरहेका छन्, जसले यसअघि ‘सुल्तान स्टार’ सँग एक था टाइगर (२०१२), बजरंगी भाइजान र ट्युबलाइट (२०१७) मा काम गरिसकेका छन । यद्यपि सलमानको इच्छा भए पनि यो जोडीको चौथो सहकार्य बजरंगी भाइजान: २ मा भने हुनेछैन।
‘कबिर खान सिक्वेलको विरुद्धमा छन् र बजरंगी भाइजानजस्तो क्लासिकलाई छुन चाहँदैनन्। उनले सलमानलाई मौलिक, लार्जर द लाइफ ड्रामा पिच गरेका छन्, र अभिनेताले अपूर्व लखियालाई फलोअपको रूपमा विचार गरिरहेका छन्, तर अहिले केही पनि पुष्टि भएको छैन्’ रिपोर्टमा थप भनिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - १७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...
माघ १६ गते, २०८२ - १७:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...
माघ १६ गते, २०८२ - १७:०७
काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...
माघ १६ गते, २०८२ - १६:५८
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...
माघ १६ गते, २०८२ - १६:४१
काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...
माघ १६ गते, २०८२ - १६:२९
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...
माघ १६ गते, २०८२ - १६:१२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...
माघ १६ गते, २०८२ - १५:४२
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...
माघ १६ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...
माघ १६ गते, २०८२ - १५:२४
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...




प्रतिकृया लेख्नुहोस्: