Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

प्रचण्डको उद्घोष भारतसामू झुक्दैनौं

\"prachanda\"काठमाडाैं । एमाओवादीका अध्यक्ष प्रचण्डले भारतले नेपालीको आत्मसम्मान र स्वाभिमान गिराउन खोजे प्रतिवाद गर्न तयार रहेको चेतावनी दिएका छन् ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– भारतले नाकाबन्दी गरे गाडी छाडेर साइकल चढ्ने तर, नझुक्ने उनको प्रतिज्ञा छ । मंगलबार दिउँसो एमाओवादीका स्थायी समिति सदस्य गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ विमोचन गरेपछि अध्यक्ष प्रचण्डले प्रतिवादको चेतावनी दिएका हुन् ।
‘यदि हामीलाई झुक्याउने उद्देश्यले हाम्रो आत्मसम्मान, नेपालीको स्वाभिमान गिराउने, ह्युमिलेट गर्न खोजिएको हो भने हामी त्यसको प्रतिवादमा जेजे गर्नुपर्छ त्यो सबै गर्न तयार छौँ भन्ने वाचा हामी गर्ने कि नगर्ने ?’ उनले प्रश्न गर्दै भने, ‘यो एउटा ऐतिहासिक प्रश्न मधेस, पहाड, हिमालका नेपालीका अगाडि छ ।’ अध्यक्ष प्रचण्डले संविधान जारी गरेर नेपालीले राजनीतिक रूपमा आफ्नो फैसला आफैँ गर्न सक्षम रहेको स्थापित गरेको बताए । उनले भारतको नाम नलिई नेपालीले आफ्ना बारेमा आफैँ फैसला गरेको उसलाई मन नपरेको बताउँदै भने, ‘हामी नेपाली आफ्नाबारेमा फैसला गर्न सक्षम छौँ भन्ने स्थापित गरेको कतिपयलाई मन परेको छैन ।’
अध्यक्ष प्रचण्डले भारतले नेपालमाथि नाकाबन्दी गर्न खोजेको प्रसंग उठाउँदै कसैको दबाबका सामु नझुक्ने बताए । जनयुद्धका बेला, जंगलमा गाउँगाउँमा, झुप्रोमा कहिले भोकै, कहिले खाएर, कहिले मृत्युसँग बिहानदेखि बेलुकासम्म लुकामारी गर्दै हिँडेको १० वर्षको अनुभव आफूहरूसँग भएको उनले बताए ।
‘लाखौँलाख युवायुवती प्राण हत्केलामा लिएर हिँडेको अनुभूति छ हामीसँग,’ उनले भने, ‘हामीलाई कसैले साँच्चै दबाबै दिने उद्देश्य राख्छ भने हामी गाडी छोडेर साइकल चढ्ने, जरुरी पर्छ भने केही समय दु:खकष्ट उठाएर भए पनि नझुक्ने प्रतिज्ञा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने यक्षप्रश्न खडा भएको छ ।’
प्रचण्डले मधेसी, थारू र जनजातिका जायज माग सम्बोधन गर्ने प्रक्रिया सुरु भएको बताए । उनले नेपालभित्रका समस्या समाधान गर्ने जिम्मेवारी पनि नेपालीकै भएको स्पष्ट पारे । मधेस पहाड, हिमालका, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायका बहस हाम्रा घरका बहस हुन् भन्दै प्रचण्डले घरको समस्या समाधान गर्ने जिम्मेवारी हाम्रै भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending