काठमाडौं। अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ। बच्चादेखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ।
बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पुर्याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ। यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ(दूधको शुद्दता कसरी पहिचान गर्नेरु आउनुहोस्, उसो भए हामी केही सजिलो र प्रभावकारी तरिकाहरूका बारेमा जानकारी दिनेछौं ताकी जुन तरिकाले तपाईं घरमै बसी दूधको शुद्धता जाँच गर्न सक्नुहुन्छ।
उमालेको बेला दूधको तह
जब तपाइँ शुद्ध दूध उमाल्नुहुन्छ, यसको माथिल्लो सतहमा क्रिमको तह बनाउँछ। यदि दुधमा मिसावट भएको छ भने कि त एकदमै थोरै क्रिम उत्पादन हुन्छ वा उत्पादन नै हुँदैन । यो सबैभन्दा सरल घर परीक्षण हो। यसबाट तपाईले सजिलै मिसावट दूध पहिचान गर्न सक्नुहुन्छ।
पानी मिसावट पहिचान
एउटा गिलास लिनुहोस् र यसमा अलिकति दूध हाल्नुहोस्। अब त्यसमा माथिल्लो सतहबाट एक थोपा दूध हाल्नु होस्। यदि दूध सीधा बस्यो र सेतो धार बन्यो भने दूध शुद्ध हो भन्ने बुझिन्छ । यदी, दूध पानी जस्तै फैलियो भने पानी मिसावट हुन सक्छ। यो पनि मिसावट दूध पहिचान गर्न एक प्रभावकारी तरिका हो।
डिटर्जेंट पहिचान
कहिलेकाहीं तपाईंले याद गर्नु भएको होला कि दूधमा धेरै फोम बनेको हुन्छ र यो स्पष्ट रूपमा फैलादार पनि देखिन्छ। यसो हो भने यस दुधमा डिटर्जेंटको मिसावट हुन सक्छ। यस अवस्थामा ५ एमएल दूधमा ५ एमएल पानी मिलाउनु होस् र जोडदार रूपमा हल्लाउनुहोस् । यदी त्यहाँ धेरै फोम छ र यो साबुन जस्तो लाग्छ भने यसमा डिटर्जेन्ट मिसाएको हुन्छ । जुन स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ ।
पिठो मिसावट जाँच
धेरै पटक स्टार्च अर्थात पिठो दुधमा मिसाइन्छ, जसले गर्दा दूध बाक्लो देखिन्छ र पसलले महँगो मूल्यमा बेच्न सक्छ। एक चम्चा दूधमा आयोडिन टिंचरको केही थोपा हाल्नु होस्। यदि रंग नीलो हुन्छ भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्नु सजिलो हुन्छ । यसबाट तपाईले मिसावट पहिचान गर्न सक्नुहुन्छ।
युरिया मिसावटको पहिचान
युरिया मिसावट स्वास्थ्यका लागि निकै घातक हुन्छ । शंका लागेकामा उसो भए ५ एमएल दूध लिनुहोस् र त्यसमा अलिकति सोयाबिनको धुलो हाल्नु होस्। त्यसपछि हाइड्रोक्लोरिक एसिडको केही थोपा थप्नु होस्। केही मिनेटमै रातो रङ आउन थाल्यो भने त्यो युरियाको मिसावट भएको बुझ्न पाइन्छ । त्यसैले यसबाट तपाईले शुद्द हो कि अशुद्द दूध हो भन्ने चिन्न सक्नुहुन्छ।
सिंथेटिक दूधको पहिचान
सिंथेटिक दूधमा कृत्रिम रसायन, डिटर्जेन्ट, युरिया आदि पाइन्छ, यसमा अलिकति रासायनिक गन्ध हुन्छ र स्वाद पनि सामान्य दूधभन्दा फरक हुन्छ। सिंथेटिक दूध उमाले पछि फोम रहन्छ र क्रिम बन्दैन् । यो यसको सबैभन्दा ठूलो पहिचान गर्ने तरिका हो। जब तपाईं यसलाई आफ्नो हत्केलामा रगडनु हुन्छ, यो साबुन जस्तै लाग्छ। यो पनि पहिचान गर्न सक्नु हुन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: