Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

श्रमिकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रबाटै लिनुपर्ने प्रस्ताव लैजाने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० मा लैजाने तयारी गरेको छ । 

उक्त प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य सुगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले  लैजाने गरी तयारी गरेको उल्लेख गरे। यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताए । 

प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बताए । यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रूपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने बताए । 

मन्त्री पौडेलले भने, ‘खास गरी अहिले डब्ल्युएचओले पेण्डामिक भएको अवस्थामा महामारी भएको अवस्थामा जुन देश महामारीबाट बढी प्रभावित हुन्छ, त्यो देशलाई डब्ल्युएचओबाटै आधिकारिक रूपमा सहयोग पुर्याउने गरी नीतिगत व्यवस्थाको प्रस्ताव डब्ल्युएचओले सर्व सहमतिबाट पास गरेको छ । त्यसबाट हाम्रो जस्ता विपन्न राष्ट्रहरूलाई प्रत्यक्ष लाभ पुग्ने स्थिति देखिन्छ । अहिलेसम्म पेण्डामिक भएको अवस्थामा अनिवार्य रूपबाट डब्ल्युएचओले सहयोग गर्नुपर्ने अवस्था बनेको थिएन । यो सभापछि महामारी भएको मुलुकमा अनिवार्य रूपमा डब्ल्युएचओले सहयोग प्रदान गर्ने स्थिति यो प्रस्ताव पास भएपछि बनेको छ । यो एउटा उपलब्धि हो । 

हामीले धेरै लामो समयपछि नेपालको परिस्थितिसँग जोडेर नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति छ, त्यसलाई हल गर्नका लागि आगामी वर्ष जुन रोजगारदाता राष्ट्र हो, त्यो राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले आगामी वर्ष लैजाने गरी तयारी गरेको छ । यो पटक नै त्यो जानकारी गराएका छौँ । वर्षभर त्यसको प्रक्रिया अघि बढ्नेछ र नेपाल प्रस्तावक भएर श्रम भिसाअन्तर्गत जुनसुकै देशमा गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगार दाता राष्ट्रले लिनुपर्ने व्यवस्थाका निम्ति नेपालले प्रस्ताव गर्दै छ । 

त्यसको तयारी गरेका छौँ । यो प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्यो भने यहाँ जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग, स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्छ । उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति छ । उपचार गर्दा खर्चको कारणले पूर्ण रूपमा उपचार नहुने स्थिति छ । कतिको खर्चका कारणले उपचार नहुने स्थिति छ । कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति छ । रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्न श्रम गर्न गएको देशले नै उसको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिनुपर्ने स्थिति बनाउनका निम्ति प्रस्ताव लैजान खोजिरहेका छौँ ।’

मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताए । नेपालले लैजान लागेको प्रस्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरूका निम्ति आवश्यक रहेको बताए। छिमेकी मुलुक भारतको प्रतिनिधिहरूसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा दुई देश बिचमा सम्झौता गर्ने गरी अघि बढ्ने कुरा भएको बताए । छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बङ्गलादेश, श्रीलङ्का, मल्दिभास, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरूसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending