Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एक रुपयाँ बढी भाडा लिने ३०० सवारीलाई पाँच हजार कारबाही

\"bus\"काठमाडौं । सार्वजनिक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएमा पाँच हजार जरिवाना तिराउने अभ्यास सुरु भएको छ । यातायात व्यवस्था विभागले पटकपटक घटाएको भाडादर लागू नभएपछि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम जरिवाना तिराउन सुरु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा विभागले भदौ २३ गते लागू गरेको भाडादर कार्यान्वयन नभएपछि अधिकतम जरिवाना तिराइमा कारबाही गर्न थालिएको हो । विभागका प्रवक्ता वसन्त अधिकारी तोकिएको भन्दा रु एक बढी भाडा लिए पनि पाँच हजार जरिवाना गरी कारबाही गरिएको बताए । ‘रु एक र रु दुई बढी भाडा लिने ३०० भन्दा बढी सार्वजनिक सवारीसाधनलाई पाँच हजार कारबाही गरिसकिएको छ, ट्राफिकले बढी भाडा लिने साधनको ब्लु बुक र लाइसेन्स समातेर विभागमा बुझाउँछ, त्यसका आधारमा रु पाँच हजार जरिवाना  गरेका हौँ ’–उनले भने । ट्राफिकले चिट काटेर एक हजार मात्र कारबाही गर्नसक्ने भएकाले पटकपटक भाडा घटाउन आनाकानी गर्ने सवारीसाधनलाई कडा कारबाही गर्ने नीतिअनुरुप ब्लु बुक र लाइसेन्स समाती पाँच हजार कारबाही गरिएको विभागले जनाएको छ । विभागले अनुगमनका लागि उपत्यकामा ट्राफिक प्रहरी, उपभोक्तावादी र यातायात व्यवसायी सम्मिलित चारवटा समूह खटाएको छ । तोकिएभन्दा बढी भाडा लिने साधनका विषयमा यात्रुले ट्राफिक प्रहरीको १०३ मा फोनबाट दिएको सूचनाका आधारमा पनि सवारी समाती कारबाही गरिएको विभागले जनाएको छ । ट्राफिकमा बढी भाडा लिएको फोन आउने क्रम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला तोकिएको भाडाभन्दा बढी लिने सवारीसाधनमाथि भइरहेको कारबाहीमा पूर्ण समर्थन रहेको बताउँछन् । ‘कार्यान्वयनका लागि झोलामा खुद्रा पैसा बोकेर हिँड्न पनि तयार हुनुस् भनी व्यवसायीलाई निर्देशन दिएका छौँ, सवारी धनीले तोकिएभन्दा बढी भाडा नलिन निर्देशन दिँदा पनि कर्मचारीले बढी भाडा लिएको सूचना आएकाले बढी भाडा लिने कर्मचारीबाट जरिवाना असुल गर्न सवारी धनीलाई निर्देशन दिएका छौँ’ उनले भने । यात्रुलाई टिकट दिने सम्बन्धमा पनि गृहकार्य सुरु भएको उनले बताए । यसअघि २०७१ पुस ९ र माघ २६ गतेको भाडादर घटाउने निर्णय पनि कार्यान्वयन नभएपछि यसपटक रु एक बढी भाडा लिँदा पनि रु पाँच हजार नै जरिवानास्वरुप कारबाही गर्न बाध्य हुनुपरेको विभागले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending