Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

७२ जिल्लामा फैलियो डेङ्गु देखिन थाले

खबरडबली संवाददाता

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गु सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गु सङ्क्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रूपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । 

इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए। उनले भने, “डेङ्गुको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।”

डा। दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आँकलन गरेकाले सङ्क्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए। 

“यो वर्ष डेङ्गु सङ्क्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्याङ्क छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएको हुनाले पानी जम्मा हुने र सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन”, उनले भने ।

डा। दाहालका अनुसार सबैले डेङ्गु नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए तीनै तहले डेङ्गु नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम डेङ्गु सङ्क्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ ।

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । 

यसबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फाएिका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न विज्ञको आग्रह छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending