Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

किन लत्रिए भारतीय राजदुत रंजित रे ?

\"ranjit_re\"काठमाडौं । भारतीय राजदुत रंजित रे बुधबार नेपाल फर्किए लगत्तै प्रधानमन्त्री सुशिल कोइराला र एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्दा नरम र शालिन भएर प्रस्तुत भएका छन् । नेपाली नेताहरुले संविधान निर्माणको टुगों लगाएर अन्तिम तयारी थाल्दै निकै कडा र आक्रामक तथा आदेशात्मक रुपमा प्रस्तुत भएका रे यो पटक दिल्लीबाट फर्किएकै दिन निकै शालिन रुपमा प्रस्तुत भएको बालुवाटार स्रोत बताउँछ । नेपालको संविधान निर्माण प्रक्रियाकै बिच २ पटकसम्म भारत आउजाउ गरेका रंजित रे पछिल्लोपटक संविधान जारी भएको भोलीपल्ट दिल्ली गएका थिए । दिल्ली जानुअघि एमाओवादी अध्यक्ष प्रचण्डले बोलाएर भेट्दासमेत उनि ‘भारतले नेपाललाई देखाइदिने’ शैलिमा प्रस्तुत भएका थिए । भारतलाई नटेर्ने अवस्थाका बारेमा रिपोर्टिङ गरेका रेको रिर्पोट लगत्तै दिल्लीले मोदीका विशेष दुतका रुपमा विदेश सचिव एस. जयशंकरलाई नेपाल पठाएको थियो । जयशंरको आक्रोशपुर्ण र चेतावनीयुक्त भेटघाटपश्चात नेपाली नेताहरु प्रचण्ड, ओली र कोइरालाले एकैस्वरमा संविधान जारी भएर छोड्ने बताएका थिए । संविधान जारी भएलगत्तै २ पटकसम्म विज्ञप्ती जारी गरेर भारतले भनेको नमाने परिणाम राम्रो नहुने भन्दै नाकाबन्दीको समेत चेतावनी दिएको भारतलाई नेपाली नेताहरु र सर्वसाधारणले  एकस्वरमा प्रतिवाद गर्न थालेपछि पछिल्लोपटक भारत केही नरम भएको हुनसक्ने अनुमान गरिएको छ । गत बुधबार एक दिन भारतले रक्सौल नाकाबाट तेल ढुवानी गर्न ढिलाढाला गरेर नेपालको प्रतिकृया बुझेको भारतले सोहीदिन नेपाली टुइटर प्रयोगकर्ताको आक्रोश ‘व्याकअफ इण्डिया’ नामक वल्र्डवाइज ट्रेण्डको शिकार हुन पुग्यो । नेपालका नेताहरुबाट एकपछि अर्को गर्दै भारतीय हस्तक्षेप अस्विकार्य हुने चेतावनी बेहोर्न थालेको भारतको नेपाल कुटनिती असफल भएको निष्कर्षमा भारत पुगेको कुटनितीक मामिलाका विज्ञहरु बताउँछन् । दिल्लीमा लामो छलफल गरेको राजदुत रे को ब्रिफिङ पश्चात नेपाल फर्किएका रे ले प्रधानमन्त्री कोईरालालाई तराई—मधेशको समस्या चाँढो हल गरेर आफूलाई नेपालको संविधान स्वागत गर्ने बाताबरण तयार गरिदिन आग्रह गरेका थिए भने एमाओवादी अध्यक्ष प्रचण्डलाई  मधेशको समस्या हल गर्नेगरी नेतृत्व गरिदिन आग्रह गरेका थिए । चौतर्फी विरोध र अन्तराष्ट्रीय कुटनितीक दबाब पछि भारत केही पछाडी हटेपनि भारतले दुख दिईरहने नियत राखेको हुनसक्ने आँकलन नेपाली नेताहरु छन् । नेपालको संविधान निर्माण प्रक्रियालाई करिब ९० प्रतिशतको समर्थनमा टुग्याउँदासमेत भारतको हस्तक्षेप भएपछि भारत अन्तराष्ट्रियरुपमै नागिंएको थियो । अझ बुधबार मात्रै नेपालको संविधानमा भारतका ७ बुँदे सुझाव भनेर सार्वजनिक भएका ७ बुँदाले भारत झन अप्ठ्यारोमा परेको थियो । बुधबार साँझ भारतले अर्को विज्ञप्ती जारी गर्दै आफूले कुनै सुझाव नराखेको बताउन बाध्य भयो । नाकाबन्दीका सबालमा समेत आफुले त्यस्तो नगरेको र त्यो हल्लामात्रै भएको बताउन बाध्य भारत अहिले केही पछाडी हटेको जस्तो गरेपनि अघि बढ्नलाई हो भन्ने कुरामा कुनै सन्देह छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending