Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

विश्वकै होचा चन्द्रबहादुर डाँगीको शब झिकाउन कुनै पक्षले चासो दिएनन्

\"Chindraकाठमाडौं । विश्वकै सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भएको तीन साता पुगिसक्यो । तर उनको शब अझै अमेरिकामा नै छ । सर्कस देखाउन भन्दै निमन्त्रण आएपछि अमेरिका पुगेका डाँगीको त्यही निधन भएकोे थियो ।

गत भदौ १८ गते उपचारका क्रममा अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति दाङका डाँगीको शव नेपाल ल्याउन नसकेपछि परिवार चिन्तामा परेको छ ।

अमेरिकामा बसिरहेका नेपाली योगेन्द्र क्षेत्रीले डाँगीको शव र सँगै अमेरिका गएका भतिज दोलखलाई नेपाल पठाउन पहल गरिरहेका छन्।

सर्कस देखाउने भतिज दोलखसँगै अमेरिका गएका डाँगीको अचानक बिरामी भएपछि उपचारको क्रममा निधन भएको थियो ।

अमेरिका बसेका नेपालीको सहयोगमा सर्कस कम्पनीका व्यक्तिसँग छलफल गरेर केही रकम सहयोग लिने सहमति गरेको दोलखले दाङका सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत केही दिनअघि जानकारी पनि गराएका थिए ।

फिर्ती प्रक्रिया लामो र यात्रु बोक्ने विमानले शव बोक्न नमानेका कारण समस्या भएको भतिज दोलखले बताए । होचो व्यक्तिका रुपमा डाँगीले कयौ व्यक्तिलाई मनोरन्जन दिलाए भने नेपालको नाम पनि अन्तराष्ट्रिय स्तरमा चिनाए । तर, निधन भएको तीन साता सम्म पनि उनको शब नेपाल झिकाउन कुनै पक्षले चासो दिएका छैनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending