खोटाङ । सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहेका खोटाङे कलाकार मणि कुलुङ राईको कथा-निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबार बाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जानकारी दिए ।
नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिए । ‘नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमन जस्ता विषयलाई उजागर गर्नेछ ।
‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो’, उनले भने, ‘यो नाटक एउटा सरल खोजीको कथा मात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।’
मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताए । ‘कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ’, उनले भने, ‘जुन दृश्यले एउटा समाधान प्रस्तुत गरे जस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।’
नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गरेको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’ लाई रवीन तामाङले नाट्य रूपान्तरण गरेको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय-प्रस्तुति रहने जनाइएको छ ।
यस्तै, अबिनास डिएम, मीना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुति समेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहेएको जनाइएको छ ।
नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा-निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’ को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।
पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’ को निर्देशन गरेका थिए । खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राईलगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसकेएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरूले बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: