Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

भारतले नाकाबन्दी गरेपछि यसरी खुलाइदैं छ चीनतिरको सीमा नाका

\"naka\"काठमाडाैं । सरकारले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द विशाल चीन जोड्ने उत्तरतर्फको मुख्य नाका (तातोपानी) र रसुवागढी खुलाउन औपचारिक रुपमा कूटनीतिक पहल थालेको छ। अाजकाे नागरिक दैनिकमा खबर छ –प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी (भारतीय सीमा) नाकामा अवरोध बढ्न थालेपछि उत्तरी मुख्य नाका तातोपानी र अर्को नयाँ नाका रसुवागढी खुलाउन उच्च तहबाटै चासो देखाइएको हो। दसैंतिहार लगायत चाडसमेत नजिकिएकाले दसैंंअघि नै सञ्चालनमा ल्याउने गरी तातोपानी नाकालाई प्राथमिकतामा राखेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँग कूटनीतिक प्रयास गरिरहेको छ। उच्च स्रोतअनुसार यथासम्भव दुवै, नभए तत्काल तातोपानी नाका खुलाउन मन्त्रालयले औपचारिक रुपमै चिनियाँ अधिकारीसँग वार्ता र छलफल अघि बढाइसकेको छ। मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीबीच बुधबार काठमाडौंमा यसबारे द्विपक्षीय वार्ता भएको थियो। दूतावासका कन्सुलरसहितका अधिकारी छलफलका लागि मन्त्रालय पुगेका थिए। \'चाडबाडको मौसम सुरु भयो। अझै पनि अवरुद्ध नाका बन्दै राखिरहनु हुँदैन,\' वाणिज्य सचिव नइन्द्र उपाध्यायले बिहीबार नागरिकसँग भने, \'दसैंअघि नै नाका खुलाउने ध्येयसाथ पहल थालेका हौँ।\' दुवै नाका खुलाउन चिनियाँ अधिकारी सकारात्मक देखिएको उनले जनाए। सम्भव भए दुवै, त्यसो हुन नसके पनि तातोपानी नाका दसैंअघि नै खुलाउन वाणिज्य अधिकारीले चिनियाँ पक्षसँग आग्रह गरेका थिए। \'चाँडै नाका खुलाउने विषय हाम्रो चासोभित्रै थियो। बर्खा, बाढी, पहिरोले सकिएन। अब मौसम पनि अनुकूल बन्दैछ,\' चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सचिव उपाध्यायले भने। त्यस क्रममा नेपालको आग्रह तत्काल आफ्नो सरकारसमक्ष राख्ने कन्सुलरलगायत चिनियाँ अधिकारीले आश्वासन दिएका थिए। चिनियाँ अधिकारीले दिएको जानकारीअनुसार केरुङ–रसुवागढी नाका पनि भूकम्पसँगै २५ किमि क्षेत्रमा गएको पहिरोले अवरुद्ध छ। पहिरो पन्छाउने काम द्रुत रुपमा भइरहेको छ। केरुङ, खासा नाका छुट्टिने सिगात्सेदेखि खासासम्म कुनै अवरोध छैन। सडक ट्र्याकमार्फत तातोपानी जोड्ने काम अन्तिम चरणमा पुगेकाले यो नाका तत्काल सञ्चालनमा आउन सक्ने देखिन्छ। बर्खासमेत थामिँदै गएकाले छोटो दुरीको तातोपानीलाई प्राथमिकतामा राख्न अधिकारीले जोड दिएका हुन्। वैशाख १२ को भूकम्पपछि बन्द तातोपानी र रसुवागढी दुवै नाका खुलाउन सरकारले बर्खा, बाढीपहिरोको बहाना बनाउँदै आएको छ। दक्षिणी नाकामा तनाब बढ्दा राजधानी उपत्यकालगायत भूभागमा आपूर्ति प्रभावित हुने देखेर उत्तरका नाका खुलाउने विषय सरकारको चासोभित्र परेको हो। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार सरकारले बेलैमा चासो दिएको भए असोज सुरुमै तातोपानी नाका खुलाउन सकिन्थ्यो। \'नाका खुल्ने देखेरै निजी क्षेत्रले अर्थ, वाणिज्य मन्त्रालय गुहार्यो । उच्च राजनीतिक नेतृत्व भेटेर ध्यानाकर्षण गर्यो\',\' आयातकर्ता खत्रीले भने, \'सरकारले नै चासो नदिएपछि नाका खुलाउने काम समयमै सुरु हुन सकेको थिएन।\' भूकम्प र अनुकम्पपछि चारपटक अवरुद्ध अरनिको राजमार्ग खुलाउन सहयोग गरेको चीनले समेत त्यसपछि नाका सञ्चालनमा ल्याउन भने त्यति चासो नदेखाएको उनको बुझाइ छ। सरकारी स्तरबाटै पहल नभएपछि चीन मौन बसेको उनी ठान्छन्। \'निरन्तर चासोसाथ अनुरोध गर्ने हो भने तातोपानी नाका खुलाउन अझै पनि धेरै समय लाग्दैन,\' नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य खत्री बताउँछन्। वाणिज्य सचिव उपाध्याय भने नाका खुलाउन निरन्तर पहल भइरहेको दाबी गर्छन्। \'सडक नै अवरुद्ध भएकाले दबाब दिन सकेनौं। सडक अवरोध पन्छाउने काम सकिनै लागेकाले तातोपानी नाका खुल्ने आधार बलियो बन्दै गएको छ,\' उनले भने। दुवै नाका खोल्न आग्रह गर्दै साताअघि परराष्ट्र सहसचिव झविन्द्र अर्याल ल्हासा पुगेका थिए। नाका खोल्नेबारे उनले सकारात्मक सन्देश ल्याउन नसकेपछि वाणिज्य मन्त्रालय तातेको स्रोतले बतायो। सहसचिव अर्यालसँगको भेटमा चिनियाँ अधिकारीले नाकाको विषयमा कुरै सुन्न चाहेनन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending