Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

ओ ! दुष्ट भारत –सक्छौ, घोषित नाकाबन्दी गर

\"varatiyaमोदीका रहर छन् । मोदीका हिसाबले उनको आँखामा हामी नेपालीबारेमा जेसुकै कल्प हुन् । हाम्रो घरको गृहस्थी हामी चलाउँछौं । ठेकी र मदानी तिम्रा रहरबमोजिम नै हुनुपर्ने कुन अन्तर्राष्ट्रिय कानुनमा उल्लेख छ ? होइन भने किन बाटोघाटोको अनावश्यक उछित्तो ? तिमी हाम्राअगाडि नाङ्गो भएको हामीलाई मन परेको छैन । हाम्रा नजरमा तिम्राप्रतिका आशा नभएका होइनन् । जसरी तिम्रा पक्षमा भारतीय सडकमा समर्थनको शैलाव थियो । हामी पनि आशावादी थियौं । सायद तिमी बोलौला र भनौला भारतलाई जसरी एक इन्च जमीन दुख्छ, नेपाललाई पनि त्यसरी नै दुख्दो हो । यो दुखाइको कारण भारत हुनुको नाताले भारतीय शासकले अंग्रेजको जुठो, गुलामी हैकमको पुरो खाएजसरी डकारेकोमा म आत्माआलोचित छु । तर त्यसो हुन सकेन । इन्डियन साउथ ब्लकले मोदीलाई उसरी नै घोकायो –धोती हाम्रो हो र टोपी उनको हो । मोदीको यो फन्दाले तराईमा अनावश्यक उक्साहट नापेको छ । नेपालका शासक वर्गले लामो समयदेखि मधेसमा गरेको उत्पीडन सत्य हो । तर मोदीले उक्साएर दाबा गरेझै दुखेको औंला काटेर उपचार गर्ने विधि न मधेसलाई मन्जुर छ न नेपाललाई नै । बस्, केही सबै दलमा भर्ती गरिएका प्रतिनिधिहरुका कचकच र उदेकताको डकारले नेपाल बग्न सक्दैन र हुँदैन । सत्य यही हो । नाकाबन्दीको सम्भावनाबारेमा तिमीले गरेको छलफलले नेपालीहरु घचेटिएलान् भन्ने तिम्रो आँकलन हावादारी हो । सत्य कुरा त  हामी नाकाबन्दी होस् भन्ने चाहन्छौं तर तिमी सायदै सकौला । तिमीले नाकावन्दी गर्दा हुने बेफाइदाबारेमा तिमी आफै बुझक्की छौ । भुपरिवेष्ठित मुलुकले समुन्द्रसम्म निर्वाध पाउनुपर्ने परिवहन अधिकार तिमीलाई थाहै होला । यति पनि थाहा नभए संयुक्त राष्टसंघमा स्थायी समिति सदस्य पदको दाबेदारी हावादारी हुनेछ । नाकावन्दीको रहरले तिम्रो स्थायी समिति सदस्य बन्ने रहर पनि नाकाबन्दीमा पर्नेछ । विश्वभरका भुपरिवेष्ठित तथा तेस्रो विश्वका राष्ट्रले तिम्रो छनौट अगाडि नेपालको अधिकारबारे अवश्य बहस गर्ने छन् र तिमी पराजित हुनुपर्नेछ । तिमी यो चाहन्नौ होला । ठीक यही बेला हामीलाई नाकावन्दी चाहिएको कुरा सही हो । हामी हाम्रा नेताको परीक्षा लिन चाहन्छौं । तिम्रो नाकावन्दीले हामीलाई थप मेहनत गर्न सिकाउने छ र त्यसले हामीलाई समृद्धितिर लैजाने छ । हाम्रा चेलीहरु तिम्रा बकबास टेलिसिरियल, युवाहरु तिमीले बजारिकरण गरेका हावादारी चलचित्र तथा नेता र कर्मचारी तिमीले उत्पादन गरेका चारपाङ्ग्रे सवारीबाट मुक्त भएर पसिना बगाउन सिके भने यही हाम्रो मुलुकको उन्नयनको प्रस्थानविन्दु बन्न सक्ने छ । तर सीमामा तिम्रा व्यापारीहरु सुक्नेछन र यसअगाडि कर्पोरेट हाउसको ठुलो लगानीमा राष्ट्रिय उफानमा रहेका मोदी क्रेज धुलिसात बन्ने छ । यसकारण नेपाललाई लगाइने भनी चर्चा गरिएको नाकावन्दी भारत आफैलाई ‘भालुको कम्पट’ बन्ने निश्चित छ । यो सत्यबाट सायद तिमी जानकारै होऔला । [caption id=\"attachment_14615\" align=\"alignleft\" width=\"150\"]\"Shailendra_Ghimire\" लेखक[/caption] मधेस हामीलाई दुखेकै छ । उनीहरुमाथिको उत्पीडन अन्त्य गर्ने कुरा हाम्रो आन्तरिक मामिला वा ‘भाइ–सल्लाह’को कुरा हो । तिम्रो उदयअगाडि नै मधेस उत्पीडनवाट मुक्त गराउन चलेको समाबेसी, समानुपातिक र स्वसासनको फुल उमार्ने राजनीतिक दल हाम्रोमा नै छन् । तिनले ती मुद्दाको उठान गर्न सक्छन् भने तिनको सहज समाधान पनि तिनको दिमागमा अवश्य छ । हामीलाई लोभी बाँदरको रोटी जोखेर दुवैलाई जिल्याउने तिम्रो रणनीति अस्वीकार्य छ र हुनेछ । यो आन्तरिक कुरा हो, सकारात्मक मनसुवा राख्दा तिमी आदरयोग्य होऔला । तर हाम्रो कुरामा तिम्रा अनावश्यक टिप्पणी र सल्लाह हाम्रा निम्ति खेदजनक नै छन् र हुनेछन् । जानिराख, प्रलयकारी भुकम्पमा अत्यधिक प्यासले सताइँदा पनि गलत आशयमा आएको तिम्रो पानीलाई नेपाली जनताले अस्विकार गरेको सायद तिमीले भुलेका छैनौ होला । हामी भुल्न सक्छौं, क्षमा हाम्रो स्वभाव हो तर सँगसँगै संसार थर्काउने हाम्रो छापामार फौजी तागत पनि तिम्रो हेक्कामा रहँदा तिमीलाई नै फाइदा हुनेछ । हामीले तिम्राबारेमा नकारात्मक टिप्पणी गरेका छैनौं । इतिहासमा  टिस्टादेखि काँगडासम्म हाम्रो भुगोल थियो । इतिहासमा  हाम्रा शासक वर्गको कमजोरी र तिम्रो षड्यन्त्रका कारण हामी खुम्चिए पनि हामीले त्यो भुगोलमाथि दाबा गरेका छैनौं । हामी इतिहासको सम्मान गर्दछौं र तिनका बारेमा सचेत छौं । सीमाक्षेत्र गोर्खाल्याण्डमा आन्दोलन चर्कंदा पनि हामीले नमिठो टिप्पणी गरेका छैनौं । आसाम र मेघालयमा नेपालीभाषीमाथि जब्बर दमन गरिइँदा पनि हामीले ‘यो तिम्रो आन्तरिक मामिला’ सम्झेर मौन रहेका छौं । मोदीजी, यो हामीलाई पनि दुख्छ तर हामी पागल बनेर बाटोमा अइया र आत्थु गर्दै दगुरेका छैनौं । यसको अर्थ हामी शव्द नजान्ने निम्छरो नसम्झ । हामी अरुको टिप्पणी गर्दैनौं र इतिहास जस्तो भए पनि त्यसलाई स्विकार गर्न सक्ने छाती बनाउँछौं । यो मर्म भुल्दा हुने हानी तिमीलाई थाहा छ । तिमी मधेसमा प्रायोजित भीड जुटाउन सक्छौ भने हामी पनि कोशी र शारदा ब्यारेजमा सोही खालको भीड जुटाएर तिम्रो अनर्थ सोंच्न पनि त सक्छौं । यो मर्ता क्या नै कर्ताजस्तो हुनेछ । हिजो युद्धमा प्रशिक्षित, घरेलु हतियार र बिष्फोटक बनाउन सक्ने कयौं युवाहरु अहिले पनि नेपालका झुपडीमा छन् । सरकारले त्यसो नगर्ला तर यो तिमीले रोपेको घृणाको पिपिरो झाँगिदैजाँदा त्यसो भयो भने त्यो तिम्रो लागि महंगो हुनेछ । त्यसकारण बुँदामा दिएका सुझाव फिर्ता गर । मधेस नेपालको आन्तरिक मामिला हो भन्ने कुराको सम्मान गर र हामीमाथिको अनावश्यक धम्कीका भाषाहरुको एकोहोरो प्रहार बन्द गर । यसैमा जित छ । होइन तिमीलाई जसरी पनि हेप्नुमा नै आफ्नो सफलता देखेका हौ भने त्यो महाभुलसिवाय अरु केही पनि हुने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies