Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दशैं अघिनै चिनसँगको केरुङ नाका खोलिसक्ने

\"kerung\"काठमाडाैं । नेपालको नयाँ संविधान जारी भए सँगै असन्तुष्ट बनेको भारतले सिमा नाकामा कडाई गरि नेपाल भित्रने गडीहरुमा कडाइ गरेपछि सरकारले नकिदैको उत्तरी छिमेकी राष्ट्र चिनसँगका नाकाहरु खोल्नका लागी पहल शुरु गरेको छ । नजिकिँदै गएको चाडपर्वलाई ध्यानमा राखी आपुर्तिलाई सहज बनाउनका लागी सरकारले उत्त पहल थालेको हो । दसैं तिहारमा खाद्यान्नलगायत लत्ताकपडाको अभाव हुन नदिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमा रहेका चिनियाँ अधिकारीसँग छलफल गरेको छ। बुधबार भएको छलफलमा नेपाल र चीन बीचका दुई व्यापारिक नाका तातोपानी र केरुङ खोल्न सकिने आश्वासन चीनले दिएको छ। भूकम्प पछिका पहिराका कारण यी दुवै नाका बन्द छन् । तिव्र गतिमा काम अगाडी बढाएर दशै अघि नै दुवै नाका खोल्न सकिने आश्वास चिनले दिएको बताइएको छ । मन्त्रालयका अनुसार तातोपानी र केरुङ– रसुवागढी नाका खण्डमा नियमित गइरहेको पहिरोका कारण बाटो सुचारुमा ढिलाइ भएको हो। उक्त सडक खण्डतर्फ चिनियाँ क्षेत्रमा करिब २५ किलोमिटर पहिराले अवरुद्ध पारेको छ । तराईमा जारी आन्दोलनले भारतीय सीमासँग जोडिएको व्यापारिक नाकाहरू पूर्ण रूपमा प्रभावित भएका छन् । जसले गर्दा दैनिक उपभोग्य वस्तु आपूर्तिमा कठिनाइ हुँदै आएको मन्त्रालयले जनाएको छ। तातोपानी नाकामा नेपालतर्फका विभिन्न स्थानमा अहिले पनि पहिरो गइरहेकाले बाटो खोल्ने सम्भावना कम छ । त्यसैले पहिलो प्राथमिकता रसुवागढीलाई राखिएको छ र दशैं अघि नै चिनसँगको केरुङ नाका खोलिसक्ने आश्वासन चिनले दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending