काठमाडौँ। हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् ।
यस वर्ष कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाईजात्रा’लाई लक्षित गर्दै गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेको छन् ।
दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिने र विकृतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले गाईजात्रालाई लक्षित गरी कोसेली ल्याइएको कलाकार रिजालले बताए।
“अहिले यस्ता कोसेलीको व्यवसायिकता छैन, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो । सोही कारण मैले सुरुआती दिनदेखि निरन्तर गाईजात्रालाई लक्षित गर्दै व्यङ्ग्यात्मक कोसेली ल्याउने गरेको छु । बर्सेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ भन्ने मलाई लाग्छ”, उनले भने।
विसं २०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहनुभएका कलाकार रिजालले ‘मिसन नौटङ्की’ अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको बताए ।
“अहिले नेताहरूले आगामी निर्वाचन अर्थात् मिसन९८४ भन्दै प्रचार गरिरहेका छन् । अहिले काम गर्न ध्यान नदिएर नयाँ आशा बाड्ने नेतालाई लक्षित गर्दै केही हास्य प्रस्तुति तयार गरेको छु । यसको उद्देश्य कसैलाई चोट पुर्याउनु नभएर जनतालाई बाँडिएको झुटो आश्वासनलाई व्यङ्ग्य गर्नु हो”, उनले भने।
उहाँले चलचित्र ‘जात्रै जात्रा’ मा समावेश गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ तयार गरिएको जानकारी दिए। कलाकार रिजालले लेखन, निर्देशन गरेको गाईजात्रा कोसेली ‘मिसन नौटङ्की’ मा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, बेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गरेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: