Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रञ्जित रे लाई फिर्ता बोलाईने

\"ranjit_re\"काठमाडौं । नेपालमा भारतीय कुटनीति असफल भएपछि राजदूत रञ्जित रेको नेपाल बसाइ धरापमा परेको छ । उनलाई भारत सरकारले फिर्ता बोलाउने तयारी गरेको छ ।

कुटनीतिक असफलताका कारण राजदूत रेलाई फिर्ता बोलाउनेबारे नयाँदिल्लीमा छलफल सुरु भैसकेको छ । पछिल्लो राजनीतिक अवस्थामा नेपालमा भारत विरोधी भावना बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजबीच रेलाई फिर्ता बोलाउनेबारे छलफल भएको भारतीय सञ्चार माध्यमहरुमा चर्चा छ ।

राजदूत रेसँग शुक्रबार नेपाल सरकारले स्पष्टिकरण सोधेको थियो । सीमा क्षेत्रमा अघोषित नाकाबन्दी गरेको, गलत सूचना दिल्लीसम्म पुर्याएर दुई देशको सम्वन्ध बिगारेको, दस गजाको ‘नो म्यान्स ल्यान्ड’मा भारतीय सीमाबाट आएकाहरुले प्रदर्शन गरेको, मधेसी मोर्चाको प्रदर्शनमा सहभागीहरुलाई खाजाको व्यवस्था भारतीय नागरिकले गरेको लगायतका विषयमा उनीसँग कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले स्पष्टिकरण सोधेका थिए । नेपालमा यसअघिका कयौं पूर्वराजदूतहरुले नगरेको काम शुक्रबार राजदूत रेलाई गर्नुपरेको थियो ।

नेपालको पछिल्लो राजनीतिक परिस्थितिमा भारतीय नांगो हस्तक्षेपको नेपाल र भारतमा तिव्र विरोध भैरहेको छ । नेपालमा भारत विरोधी भावना बढ्दै पनि गएको छ । यस्ता कैयौं कारणले भारतको कुटनीति असफल भएर अन्तराष्ट्रियस्तरमा बदनाम भएको स्वयम् भारतीय पत्रकारहरुको भनाइ छ ।

भियतनामका लागि भारतीय राजदूतको अनुभव संगालिसकेका उनलाई दुई बर्षअघि भारतले नेपालको राजदूत बनाएर पठाएको थियो । त्यसअघि नेपालमा माओवादी गतिविधि चर्किरहेकाबेला उनी नेपाल मामिला हेर्ने विभागमा थिए । सन् २००५ मा नयाँ दिल्लीमा सात दल र माओवादीबीच भएको ऐतिहासिक १२ बुँदे सहमतिका पर्दापछाडिका योजनाकारका रुपमा समेत उनलाई लिइन्छ । त्यसैले नेपालका राजनीतिक दलहरुले आफूले भनेको मान्नेमा उनी विश्वस्त थिए । तर, त्यस विपरित नेपालको राजनीतिक घटनाक्रम अघि बढेपछि उनको कुटनीति असफल भएको मानिएको छ ।

संविधान जारी हुनैलाग्दा उनको सक्रियता निकै बढेको थियो । वास्तवमा नेपालको संविधानमा ७ बुदे संशोधन भारतले चाहेको थियो । त्यो लागू गराउन उनी राजनीतिक दलका शीर्ष नेता र बिभिन्न सम्वन्ध सुत्रसँग भेटघाट र छलफलमा सक्रिय थिए । तर, नेपालका राजनीतिक दलहरुले सुझावलाई बेवास्ता गर्दै जसरी भए पनि संविधान जारी गर्ने अठोट लिए र असोज ३ गते नयाँ संविधान २०७२ जारी भयो । त्यसको भोलिपल्ट संविधानको स्वागत समारोहमा एमाओवादी अध्यक्ष प्रचण्डले भारतलाई लक्षित गर्दै ‘हामी कसैको एसम्यान हुँदैनौं’ भनेका थिए ।

अन्तिम समयसम्म आफूले गरेको प्रयास विफल हुने देखिपछि राजदूत रे ब्रिफिङका लागि नयाँदिल्ली गएका थिए । तर, त्यतिबेला निकै ढिला भैसकेको थियो । नेपालको स्थितिबारे समयमै दिल्लीमा जानकारी नगराउनु पनि उनलाई फिर्ता बोलाउने एउटा कारणका रुपमा लिइएको छ ।

त्यसपछि भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकरलाई नेपाल पठाएको थियो । उनले पनि प्रमुख दलका शीर्ष नेताहरुलाई आफ्नो तहबाट संविधान जारी गर्ने समय पछि सार्न र मधेसवादी दलको समर्थन लिन दबाव दिएका थिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले त एस जयशंकरको दबाव ठाडै अस्वीकार गरिदिएका थिए । यस्तो कुरा गर्न १५ दिन अघि आएको भए हुन्थ्यो भनेर प्रचण्डले उनलाई जवाफ फर्काएका थिए ।

यी तमाम घटनाक्रमबाट भारतको कुटनीति नेपालमा नराम्रोसँग असफल भएको पुष्टि भएपछि राजदूत रेलाई फिर्ता बोलाउनेबारे छलफल चलेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies