Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

बाँकेको जमुनाहा नाकामा झडप, दोहोरो नाकाबन्दीले सिमानाका ठप्प

\"jamunaha\"नेपालगंज  । नयाँ संविधानमा आफुहरुको मागलाई संवोधन नगरिएको भन्दै प्रर्दशनमा उत्रिएको आन्दोलनरत मधेसी मोर्चाले शानिबार नेपाल भारत सिमास्थित जमुनाहामा प्रहरी र प्रर्दशनकारी र प्रहरी बीच झडप भएको छ । मोर्चाको सिमानाका ठप्प बनाउने कार्यक्रमको घोषणा सँगै नाकाबन्दीका लागि ठूलो संख्यामा खटिएका आन्दोलनकारीले ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। झडपका क्रममा आन्दोलनकारीको ढुंगामुढाबाट जमुनाहा प्रहरी ईन्चार्ज प्रहरी नायव निरिक्षक सई विष्णु गिरी सहित केही प्रहरी घाईते भएको र उनीहरुको नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ। भारतीय पक्षले सिमापारी र आन्दोलनरत मधेसी मोर्चाले सिमावारी नाकाबन्दी गर्दा जमुनाहा नाका शनिबार ठप्प भएको छ । । करिव डेढ सयको संख्यामा रहेका मोर्चाका कार्यकर्ता शनिबार बिहानदेखि जमुनाहास्थित नेपाल–भारत सिमा क्षेत्र दसगजामा बसेका छन, भने भारतीय पक्षले नेपालतर्फ आउन लागेका सयौंको संख्यामा रहेका मालबाहक सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ। ईलाका प्रहरी कार्यालय जमुनाहाले दोहोरो नाकाबन्दीले शनिबार सिमा पुरै ठप्प भएको जानकारी दिएको छ। भारतीय पक्षले प्रवेशमा रोक लगाउँदा एक सय बढी मालबाहक सवारी साधान रुपैडिहामा अलपत्र परेको र नेपालबाट भारततर्फ जाने सवारी साधनलाई मधेसी मोर्चाले रोकेको छ। भारतीय सिमा सुरक्षा बल एसएसबीले केहीदिन यता अघोषित नाकाबन्दी गरेको हो । एसएसबीले सहज रुपमा भित्रिन नदिदाँ ५३ वटा पेट्रोलियम ट्यांकर सहित खाद्यान्न, लत्ता कपडा, सिमेन्ट लगायत सामान बोकेका सवारी साधन विगत तीन दिनदेखि भारतीय बजार रुपैडिहामा रोकिएका हुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending