Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

पाँच नाका पूरै ठप्प

\"Nakabandi\"काठमाडाैं । सरकारले नेपालतर्फ आउन लागेका सयौं मालवाहक सामान र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन भारतका पाँचवटा नाकामा अड्किएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ पूर्वको मेची र पश्चिमको धनगढी नाकाबाहेक अन्य नाकाबाट भारतले नेपालतर्फ आउने सामान र तेलसहित गाडीहरू पूर्ण रूपमा बन्द गराएको छ । आफ्नो इच्छाअनुसार संविधान जारी नभएकोमा रुष्ट भारतले शुक्रबारदेखि औपचारिक रूपमा नेपालमाथि नाकाबन्दी लगाएको थियो । ट्यांकरहरूसमेत सयौंको संख्यामा भारततर्फ रोकिएको सरकारले उल्लेख गरेको छ ।‘पेट्रोलले भरिएका ट्यांकरहरू भारततर्फ रोकिएको छ । त्यस्तै उपभोग्य वस्तुहरू बोकेका मालवाहक सामानहरूसमेत भारतीय भूमिमै रोकिएका छन्,’ परराष्ट्र मन्त्रालयले शनिबार वक्तव्यमा भनेको छ । नजिकिँदै गरेका चाडबाडमा असर पर्नेगरी उपभोग्य सामग्री, ग्यास र पेट्रोल रोकिएकोमा सरकारले भारतको ध्यानाकर्षण गराएको हो । शनिबार दिनभर नेपाल र भारतबीचका विराटनगर, वीरगन्ज, भैरहवा, कृष्णनगर र नेपालगन्ज नाकाबाट कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश गर्न नपाएको परराष्ट्रले जनाएको छ । मेची नाकाबाट १७ वटा मालवाहक सवारीसाधन र तीनवटा पेट्रोल ट्यांकर, धनगढी नाकाबाट २५ वटा मालवाहक सवारीसाधन र २० वटा पेट्रोल ट्यांकर शनिबार नेपाल आएको परराष्ट्रले उल्लेख गरेको छ । परराष्ट्रका अनुसार बिहीबार र शुक्रबार २९ वटा मालवाहक गाडी भैरहवा नाकाबाट उपभोग्य वस्तु लिएर नेपाल आएका थिए । परराष्ट्रको वक्तव्यमा तीन दिनयता भारतबाट नेपाल आउने मालवाहक सवारीसाधनहरूको आवागमन र चेकजाँचमा अनावश्यक ढिला तथा झन्झट हुँदै आएको भन्दै चिन्ता व्यक्त गरिएको छ । ‘भारततिरबाट नेपाल आउने सवारीसाधन अप्रत्यासित रूपमा रोकिँदा नेपाललाई दैनिक अत्यावश्यक वस्तुहरू तथा पेट्रोलिय पदार्थहरू रोकिन गई निकै ठूलो समस्या सिर्जना भएको छ’, वक्तव्यमा छ । परराष्ट्रले सीमा जोडिएका तराईका क्षेत्रमा पर्याप्त सुरक्षा रहेको र अहिले सुरक्षा व्यवस्थामा सुधार आउँदै गएको समेत उल्लेख गरेको छ । कार्यवाहक परराष्ट्रमन्त्री खगराज अधिकारीले शुक्रबार नेपालस्थित भारतीय राजदूतलाई भारतले लगाएको अघोषित नाकाबन्दीबारे स्पष्टीकरण लिएका थिए । परराष्ट्रको वक्तव्यमा मन्त्री अधिकारीले राजदूतसँग सीमामा रोकिएका उपभोग्य र तेल बोकेर आउने गाडी तत्काल खुलाइदिन अनुरोध गरे पनि कुनै प्रगति नभएको उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending