Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अमरेशहरुकै कारण टिकापुर घट्ना भयो, उसलाई कारबाही हुन्छ : प्रधानमन्त्री

\"Sushil\"काठमाडौं । प्रधानमन्त्री शुसील कोइरालाले टीकापुर घटना अमरेश सिंहहरुको अराजक र उत्तेजनापूर्ण भाषणका कारण भएको भन्दै उनलाई कारवाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ एसएसपी सहित ८ जना सुरक्षाकर्मी र दुधेबालक सहित ९ जनाको ज्यान जाने गरी भदौ ७ गते भएको घटनापछि प्रधानमन्त्री कोइराला पहिलोपटक टीकापुर आएका हुन । नेपाली सेनाको हेलिकप्टरबाट टीकापुर आएका प्रधानमन्त्री कोइरालाले अमरेश सिहको दुई पटक नामै तोकेर कारवाही गर्ने बताएका हुन।   ‘मलाई थाहा छ, अमरेश सिह सहितका मधेसबादी दलका नेताहरुको उत्तेजीत भाषणका कारण टीकापुर घटना भएको हो, पार्टीले अमरेशका लागि कारवाही अगाडि बढाईसकेको र कारवाही हुन्छ’उनले भने। उनले अहिले देशमा विग्रह भन्दा पनि शान्ति र स्थाईत्वको आवश्यकता रहेको बताए। प्रधामन्त्री कोइरालाले संविधान जारी भईसकेको अवस्थामा त्यसमा कसैले सत प्रतिसत अधिकार पाएको र कसैले केही पनि नपाएको नठान्न आग्रह गर्दै भने ‘हेर्नुस, संविधान साझा दस्तावेज हो, त्यो परिवर्तनीय दस्तावेज पनि हो, त्यसमा धेरै दलका साझा कुराहरु मात्रै लेखिएका छन, तर आदीबासी, मधेसी, जनजाती, मुश्लिम र थारुका लागि त छुट्टै आयोग गठन गरिएको छ’ उनले भने ।   प्रधानमन्त्री कोइरालाले अधिकार फेरी पनि दिन सकिने, थप्न सकिने र संविधान परिवर्तन गर्न सकिने भएकाले अहिले कार्यान्वयनमा लाग्न सबैलाई आग्रह गरे । पत्रकारहरुले राखेको जिज्ञासामा उनले, राष्ट्र संघको महासभा भन्दा मुलुकमा आफ्नो आवश्यकता बढी भएकाले आफु अमेरिका नगएको उनले बताए । ‘मैले संयुक्त राष्ट्र संघको महासभाका लागि अमेरिका जानु भन्दा पनि मलाई, मुलुकमा मेरो आवश्यकता रहेको लाग्यो र म गएन, मैले सबै पक्षलाई वार्ताबाट मिलाउने प्रयास पनि थालेको छु’ उनले भने ।   प्रधामन्त्री कोइरालाले काठमाण्डौं फर्किने वित्तीकै थारु र मधेसी नेताहरुसँग छलफल गर्ने बताए । शान्ति, स्थायीत्व र लोकतन्त्र भएमा देशले फड्को मार्ने बताउदै प्रधानमन्त्री कोईरालाले भने ‘अब आन्दोलन छोडेर देशको अथाह जलस्रोत, हिमालको अथाह जडिबुटी र पर्यटनका लागि मात्रै सोच्ने हो भने १० वर्षमा हामी धनी देश बन्छौं।’   अचानक टीकापुरको योजना बनाएर आएका प्रधानमन्त्री कोईराला समक्ष टीकापुरको सामुदायीक पुस्तकालयमा, त्यहाँका स्थानीय नेताहरुले छिटो अवस्था सामान्य बनाउन पहल गरिदिन आग्रह गरेका थिए । रामजनमले जनता लडाएको आरोप मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा अहिलको थारु आन्दोलनका अगुवा रामजनम चौधरीले थारु र पहाडिबीच लडाई गराईरहेको भन्दै काँग्रेसको क्षेत्र नंं ३ का सभापति तथा थारु नेता तेजराम चौधरीले प्रधानमन्त्री समक्ष गुनासो गरेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending