Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सत्तारुढ गठबन्धन र विपक्षी दलहरूबीच फेरि तनाव बढ्दै

खबरडबली संवाददाता

काठमाडौं । नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित अन्य विपक्षी दलहरूले सरकारले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीलाई एकजुट भएर विफल पार्ने निष्कर्ष निकालेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले यो रणनीति तय गरेसँगै सत्तारुढ गठबन्धन र विपक्षी दलहरूबीच तनाव बढ्ने संकेत देखिएको छ ।

सिंहदरबारमा भएको उक्त बैठकमा विभिन्न विपक्षी दलका नेताहरूको सहभागिता थियो । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश', र प्रमुख सचेतक हितराज पाण्डे उपस्थित थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ध्रुबबहादुर प्रधान, तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी थिए । यो संयुक्त बैठकले विपक्षी दलहरूको एकताको सन्देश दिएको छ । जसले सरकारको कदमविरुद्ध ठोस रणनीति बनाउने संकेत प्रष्ट छ । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सत्तारुढ दलहरू (नेपाली काँग्रेस र नेकपा एमाले) माथि लोकतन्त्रविरुद्धको अभियानमा लागेको गम्भीर आरोप लगाए । उनले भने, "हामी विपक्षी दलहरूले उपसभामुखमा होइन, नैतिकताको प्रश्न सरकारमा देखिरहेका छौँ । संवैधानिक परिषद्को जोड घटाउका आधारमा उपसभामुखमाथि अन्याय गर्न खोजिएको छ । यो प्रयास हामी फेरि विफल पार्छौँ ।" 

श्रेष्ठकाे भनाइले सरकारको कदमलाई संवैधानिक र नैतिक रूपमा गलत भएको छ । श्रेष्ठले थपे, "यो कदम लोकतन्त्रविरुद्धको हो । हामी एकजुट भएर यसको प्रतिवाद गर्छौँ र असफल पार्छौँ ।"

सरकारले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सन्दर्भमा यो विवाद पुन विवाद उत्पन्न छ । यस अघि भिजिट भिस प्रकरण पनि सत्तारुढ दल विपक्षबीच विवाद भएकाे थियाे । यद्यपि, यो प्रस्तावको औचित्य र पृष्ठभूमिबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन् ।

विपक्षी दलहरूले यो कदमलाई संवैधानिक परिषद्को सन्तुलन बिगार्ने र उपसभामुखको पदलाई कमजोर पार्ने नियतका रूपमा बुझेका छन् । संवैधानिक परिषद्मा सत्तारुढ र विपक्षी दलहरूबीच सधैँ शक्ति सन्तुलनको खेल चल्ने गरेको छ, र यो विवाद पनि त्यसैको एक हिस्सा बनेकाे छ । 

संवैधानिक परिषद्मा उपसभामुखको भूमिका पनि महत्वपूर्ण हुन्छ । सरकारको यो कदमलाई विपक्षी दलहरूले आफ्नो प्रभाव कमजोर पार्ने रणनीतिका रूपमा लिएकाे प्रष्ट छ । 

सत्तारुढ गठबन्धनले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुको पछाडिको वास्तविक उद्देश्य के हो ? के यो केवल सत्ता सन्तुलनको खेल हो, वा यसमा अन्य कुनै गहिरो राजनीतिक स्वार्थ लुकेको छ ? विगतमा पनि विपक्षी दलहरूले यस्ता कदमलाई विफल पारेका उदाहरणहरू छन् । यो घटनाले तिनको एकताको बललाई फेरि एकपटक परीक्षण गरेकाे छ । 

विपक्षी दलहरूको यो संयुक्त बैठक र तिनको एकस्वरले नेपालको राजनीतिक परिदृश्यमा नयाँ गतिशीलता थपेको छ । सरकारको कदमलाई असफल पार्ने तिनको दृढता र एकताले सत्तारुढ गठबन्धनलाई रणनीतिक रूपमा पुनर्विचार गर्न बाध्य बनाउन सक्छ । तर, यो विवादले दीर्घकालीन रूपमा संसदीय प्रणाली र संवैधानिक संस्थाहरूको विश्वसनीयतामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी हुने विशलेष्कहरुकाे भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending