काठमाडौं । नेपालको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित अन्य विपक्षी दलहरूले सरकारले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीलाई एकजुट भएर विफल पार्ने निष्कर्ष निकालेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले यो रणनीति तय गरेसँगै सत्तारुढ गठबन्धन र विपक्षी दलहरूबीच तनाव बढ्ने संकेत देखिएको छ ।
सिंहदरबारमा भएको उक्त बैठकमा विभिन्न विपक्षी दलका नेताहरूको सहभागिता थियो । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश', र प्रमुख सचेतक हितराज पाण्डे उपस्थित थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ध्रुबबहादुर प्रधान, तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेरबहादुर कुँवर सहभागी थिए । यो संयुक्त बैठकले विपक्षी दलहरूको एकताको सन्देश दिएको छ । जसले सरकारको कदमविरुद्ध ठोस रणनीति बनाउने संकेत प्रष्ट छ ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र सत्तारुढ दलहरू (नेपाली काँग्रेस र नेकपा एमाले) माथि लोकतन्त्रविरुद्धको अभियानमा लागेको गम्भीर आरोप लगाए । उनले भने, "हामी विपक्षी दलहरूले उपसभामुखमा होइन, नैतिकताको प्रश्न सरकारमा देखिरहेका छौँ । संवैधानिक परिषद्को जोड घटाउका आधारमा उपसभामुखमाथि अन्याय गर्न खोजिएको छ । यो प्रयास हामी फेरि विफल पार्छौँ ।"
श्रेष्ठकाे भनाइले सरकारको कदमलाई संवैधानिक र नैतिक रूपमा गलत भएको छ । श्रेष्ठले थपे, "यो कदम लोकतन्त्रविरुद्धको हो । हामी एकजुट भएर यसको प्रतिवाद गर्छौँ र असफल पार्छौँ ।"
सरकारले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सन्दर्भमा यो विवाद पुन विवाद उत्पन्न छ । यस अघि भिजिट भिस प्रकरण पनि सत्तारुढ दल विपक्षबीच विवाद भएकाे थियाे । यद्यपि, यो प्रस्तावको औचित्य र पृष्ठभूमिबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन् ।
विपक्षी दलहरूले यो कदमलाई संवैधानिक परिषद्को सन्तुलन बिगार्ने र उपसभामुखको पदलाई कमजोर पार्ने नियतका रूपमा बुझेका छन् । संवैधानिक परिषद्मा सत्तारुढ र विपक्षी दलहरूबीच सधैँ शक्ति सन्तुलनको खेल चल्ने गरेको छ, र यो विवाद पनि त्यसैको एक हिस्सा बनेकाे छ ।
संवैधानिक परिषद्मा उपसभामुखको भूमिका पनि महत्वपूर्ण हुन्छ । सरकारको यो कदमलाई विपक्षी दलहरूले आफ्नो प्रभाव कमजोर पार्ने रणनीतिका रूपमा लिएकाे प्रष्ट छ ।
सत्तारुढ गठबन्धनले उपसभामुखविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुको पछाडिको वास्तविक उद्देश्य के हो ? के यो केवल सत्ता सन्तुलनको खेल हो, वा यसमा अन्य कुनै गहिरो राजनीतिक स्वार्थ लुकेको छ ? विगतमा पनि विपक्षी दलहरूले यस्ता कदमलाई विफल पारेका उदाहरणहरू छन् । यो घटनाले तिनको एकताको बललाई फेरि एकपटक परीक्षण गरेकाे छ ।
विपक्षी दलहरूको यो संयुक्त बैठक र तिनको एकस्वरले नेपालको राजनीतिक परिदृश्यमा नयाँ गतिशीलता थपेको छ । सरकारको कदमलाई असफल पार्ने तिनको दृढता र एकताले सत्तारुढ गठबन्धनलाई रणनीतिक रूपमा पुनर्विचार गर्न बाध्य बनाउन सक्छ । तर, यो विवादले दीर्घकालीन रूपमा संसदीय प्रणाली र संवैधानिक संस्थाहरूको विश्वसनीयतामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी हुने विशलेष्कहरुकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: