Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

फैलिँदै स्वाइनफ्लु एको मृत्यु, ४३ बिरामी

काठमाडाै, स्वइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा \'ए\'  एचावन एनवान भाइरसबाट एक महिलाको मृत्यु भएकाे छ । संक्रमित हुनेको संख्या ४३ पुगेको छ । बागबजार स्थित काठमाडौ मोडल अस्पतालमा दुइसाता अघि भर्ना भएकी क्षेत्रपाटी निवासि एक ५० बर्षिया महिलाको शनिबार राति निधन भएको हो । मोेडल अस्पतालमा भर्ना गरेर आइसियुमा उपचार गर्दा गर्दै  ति महिलाको निधन भएको अस्पतालका निर्देशक डा. भरत प्रधानले जानकारि दिए । तर मृतकको नाम भने गोप्य राखिएको छ । नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खबर छ । टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी आउने जस्ता समस्या भएपछी उनि अस्पताल भर्ना भएकी थिइन । मृत्यु हुनु भन्दा ४ दिन अघि मात्रै उनिलाई स्वाइनफ्लु भएको पुष्टि भएको थियो । दमको रोगि रहेकोले उनिमा रोग प्रतिरोधात्मक क्षमता कम भएको कारण उनलाई स्वाइनफ्लु ले आक्रमण गरेको हुन सक्ने डा.प्रधानले जानकारी दिए । स्वास्थ सेवा विभाग इपिडिमियोलाजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनिले पनी स्वाइनफ्लुबाट मृत्यु भएको पुष्टि गरेको छन् । साथै दुइजना अरु बिरामी भर्ना भएको समेत जानकारी दिए । उनका अनुसार संक्रमित एकजना चितवनमा र एकजना काठमाडौमा भर्ना भएका छन् । स्वाइनफ्लु उपचारका लागी छुट्टै आइसोलेसन वार्ड चाहिने भएपनी सरकारले अहिले सम्म यसको व्यवस्था गर्न सकेको छैन । शनिबार महिलालाई पाटन र टेकु अस्पतालमा भर्ना गर्न खोजिएको तर अस्पतालले अप्ठ्यारो हुने भने पछी मोडेलमा भर्ना गरिएको जानकारी आएको छ । आइसोलेसन कक्ष नहुँदा बिरामीहरु बिभिन्न अस्पतालमा गएर जोखिमपुर्ण उपचार गराइरहेका छन् । जस्को कारण भाइरस फैलिन सक्ने सम्भावना पनी बढेको छ । स्वास्थ सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा का अनुसार इन्फ्लुन्जा \'ए\' एचवानएनवान बाट काठमाडौमा २८ पोखरामा ९ र चितवनमा ६ जना संक्रमित भएका छन् । इन्फ्लुन्जा \'बि\' हुनेको सँख्या १८ पुगेको पनी महाशाखाले जानकारि दिएको छ । १५८ जनाको थ्रोट स्वास परिक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको पनी महाशाखाका निर्दे्शक डा.मरासिनीले जानकारि दिए । पछिल्लो समय अस्पतालमा बिरामीको सँख्या निकै बढि रहेको तर सबैको स्वाइनफ्लु परिक्षण सम्भव नभएको राष्ट्रिय जनस्वास्थ प्रयोगशालाका निर्देशक डा. गिता शाक्यले बताइन् । पछिल्लो केही महिना यता भारतका विभिन्न प्रान्तमा महामारिका रुपमा फैलिएको छ  । स्वाइनफ्लुले भारतमा झण्डै नौ सय बढीको ज्यान लिइसकेको छ । भारतबाट नेपालमा फैलिने खतरा धेरै भएपनी नेपाल सरकारको सुरक्षात्मक तयारी सुस्त छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: