Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नाकाबन्दी सँगै बढ्यो कालोबजारी,एक सिलिन्डर ग्यासको पाँच हजार सम्म

\"LP_gas\"भक्तपुर । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँ ग्यासमा व्यापक कालोबजारी भएको छ । भक्तपुरका ग्यास डिपो सञ्चालकले अवैध रुपमा ग्यास लुकाएर कालोबजारी गर्दा पनि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छैन ।  व्यापारीले एक साताअघिदेखि नै ग्यास लुकाएर कालोबजारी गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । मध्यपुरथिमि नगरपालिकाका रामेश्वरलाल श्रेष्ठले थिमिमा ग्यास बिक्रेताले एक सिलिन्डर ग्यासको २५ सय रुपैयाँ लिएको आरोप लगाए । ग्यास लिएर आउँदै गरेका श्रेष्ठले सुरुमा छैन भने पनि ‘दुई हजार पाँच सय रुपैयाँ दिएमा मगाइदिन्छु’ भन्दै अन्यत्रबाट मगाइदिएको बताए । ग्यास बिक्रेताले ग्यास डिपोभित्र नराखेर अन्यत्रै गोदाम गरेर राखेको उपभोक्ताको आरोप छ । बालकोट, नयाँ बस्तीका रामशङ्कर पाण्डेले ग्यास नपाएपछि सिलिन्डरसहित ग्यास किन्नुपरेको बताए । शनिबार साँझ ग्यास पसलबाट एक सिलिन्डर ग्यासको चार हजार पाँच सय रुपैयाँ तिरेर ल्याएको जानकारी उनले दिए । उनले भने—‘ दसैँ आउन लाग्यो, ग्यास सकिएला भनेर जति भन्यो त्यति नै तिरेर ल्याउनुपरेको छ, ग्यास माग्दा छैन भन्छन्, बढी पैसा दिन्छु भने बाहिरबाट मगाइदिन्छु, राति आउनू भन्छन्, खै सङ्कटको बेलामा कसले रोक्ने कालोबजारी । ’ कमलविनायकका एक ग्यास बिक्रेताले एक हजार चार सय पर्ने ग्यासलाई दुई हजार सात सयमा बिक्री गरेका छन् । शनिबार साँझ मोटरसाइकलमा ग्यास लाँदै गरेका कमलविनायक पाइपलाइनका सन्तोष न्यौपानेले अरू बेलामा एक हजार चार सय २० रुपैयाँमा ल्याउने गरेको ग्यास यस पटक त्यही पसलबाट  दुई हजार सात सय तिर्नुपरेको बताए । ग्यासमा खुला कालोबजारी भए पनि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा चासो नदिएको उपभोक्ताको गुनासो छ । जिप्रकाले भने लगातार बिदाको दिन परेकाले अनुगमन गर्न नसकेको स्विकारेको छ ।  सरकारले नै अनुगमन गर्न अधिकृतको टोली खटाएकाले सोही टोलीले अनुगमनमा चासो दिनुपर्ने जिप्रकाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending