यस्तो थियो बाबुराम विछिप्त हुनुको कारण : जसबाट उनले पार्टीसमेत त्यागे
आश्विन १९ गते, २०७२ मगलवार 6th October, 2015 Tue०९:४०:५१ मा प्रकाशित
काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुको कारणहरुबारे अनेक टिका÷टिप्पणी र अनुमानहरु जारी छन् ।
माओवादीमा आवद्ध भएदेखि नै बेलाबेलामा फरक मत र दूईलाईन संघर्ष चलाउँदै आइरहेका भट्टराई नेपालमा नयाँ संविधान जारी गर्ने अन्तिम प्रक्रिया सूरु भएसँगै अत्याधिक अलोकप्रिय हुन पुगे । सधैं चर्चा र लोकप्रिय कामहरु गर्न रुचाउने भट्टराईले जब, संविधान जारी भए देश टुक्रन सक्ने प्रतिक्रिया दिए र तत्काल संविधान जारी गर्न नहुने अडान लिन थाले उनको लोकप्रियता एकाएक अलोकप्रियतामा बदलियो ।
राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले संविधान निर्माणार्थ संविधानको विधयेक संविधानसभामा प्रस्तुत हुने दिनसम्म जसरी पनि संविधान जारी गर्ने अडान राखेका थिए भने सबै प्रक्रियामा उनको हस्ताक्षरसहित सक्रिय सहभागिता थियो ।
जब नयाँ संविधानको विधयेक संविधानले पारित गर्र्यो तब भट्टराई एकाएक आफैंले पठाएको संविधानप्रति तीब्र असहमति राख्न थाले । उनको यो असहमति अस्वभाविक र आश्चार्यजनक थियो । भलै उनले मधेश र थारु आन्दोलनमा उठेका जायज मागहरु सम्बोधन गर्नुपर्ने अडान राखेका हुन् तर, भट्टराईका यस्तो द्धैध चरित्र आम मानिसहरु र उनी आवद्ध पार्टीले समेत मन पराएन ।
उनले मधेसी र थारुका मागहरुका बारेमा कुरा राखेपनि अन्तर्यमा उनको आशय फरक रहेको एमाओवादीका उनका सहकर्मीहरु बताउँछन् । उनी संविधान निर्माणको एकल जस लिने र त्यो जसबाट प्राप्त हुने लोकप्रियताको आडमा नयाँ शक्ति निर्माण गर्ने योजनामा थिए । एमाओवादीका एक स्थायी समिति सदस्य भन्छन्, –‘उनी संविधान निर्माण प्रक्रियालाई मधेसी र थारु समुदायका मागलाई देखाएर पार्टी निर्णय गराएर स्थगित गराउन चाहन्थे । त्यो निर्णयबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पछाडि फर्कन नदिने र आफूले भने संवाद समितिको सभापतिको हैसियतमा संविधान निर्माणको पहल लिन चाहन्थे ।’ उनी थप्छन्, –‘यसो हुँदा एमाओवादी र प्रचण्ड आम मानिसहरुमा अलोकप्रिय हुन पुग्थ्यो भने भट्टराई लोकप्रिय हुन जान्थे’ ।
उनका अनुसार भट्टराईले दोस्रो संविधानसभाको चुनावी मत परिणामपछि पनि प्रचण्डलाई यसैगरी फसाएका थिए । त्यतिबेला उनकै दबाबमा चुनावी मत परिणाम अस्विकार गर्ने निर्णय गरिएको एमाओवादी नेताहरु बताउँछन् । केही दिनमै भट्टराईले पार्टीको उक्त निर्णयको रक्षा गर्नुको सट्टा उल्टो बोले र आफूलाई लोकतान्त्रिक देखाए । यसपाली संविधान जारी गर्ने प्रक्रियामा पनि भट्टराईले प्रचण्डलाई जनताका माग भन्दै फसाउन खोजेका थिए ।
राजनीतिक रुपमा माओवादी गनाएको बताएका भट्टराई अर्को भ्रममा पनि थिए । स्रोतका अनुसार उनको बुझाईमा छिमेकी मुलुक भारतले तत्काल संविधान नचाहेको अवस्थामा संविधान जारी हुन सक्दैन भन्ने थियो। भट्टराईलाई अन्तिमसम्म उक्त बुझाईले घर गर्र्यो । उनी आफ्नो अलोकप्रिय र अप्ठ्यारो अडानलाई सच्याउनुको साटो भारतीय राजदुत बोकेर प्रचण्डलाई रिझाउन लाजिम्पाट पुगे ।
भारतसँग बदला लिने योजनामा रहेका प्रचण्ड कुनै पनि बहानामा संविधान रोक्ने पक्षमा थिएनन् । उनी भारतीय योजनाको बारेमा जानकार थिए । भारतीय रणनीति संविधानसभाबाट संविधान जारी हुन नदिने र जनयुद्धको राजनीतिक औचित्य समाप्त पारिदिने थियो । भारतको यस्तो रणनीति बुझेका प्रचण्ड जनताका जायज मागहरुलाई पछि सम्बोधन गर्नेगरी भएपनि संविधान जारी गर्ने योजनामा थिए ।
अन्तत संविधान जारी भयो । संविधानको स्वामित्व लिन नमानेका भट्टराईले पार्टी परित्याग गर्दासमेत संविधान निर्माणमा आफ्नो जीवनभरको योगदान रहेको बताउन भुलेनन् । उसो भए उही योगदानको स्वामित्व लिन र खुशी हुन भट्टराईले किन मानेनन् त ? यसबाट के बुझ्न सकिन्छ भने उनी संविधान निर्माणको जस एक्लै लिन चाहन्थे ।
यसरी भट्टराई एकाएक बदनाम मात्रै भएनन् । उनले भनेको र समर्थन गरेका मधेस आन्दोलनमा ठाउँ खोजे त्यो पनि मधेसवादी दलले उनलाई दिएनन् र मधेस जान खोजेका भट्टराईलाई प्रतिबन्ध लाग्यो । यो सँगै उनको राजनीतिक महोत्वकांक्षाको पनि अन्त्य हुन पुग्यो । योजना असफल हुनु र बाँकी आधारहरु पनि समाप्त हुनुले भट्टराई विक्षिप्त हुन पुगे ।
भट्टराईले उनको जीवनको व्याक्तिगत तथा राजनीतिक कालखण्डमा कहिल्यै हार खान वा लज्जित हुन परेन । सधैं जित्दै आएका भट्टराई एकैचोटी यसरी हारे कि उनले उज्यालो कतै देखेनन् । माओवादी जनयुद्धका एक महत्वपूर्ण नेता भट्टराई शान्ति प्रक्रियामा आएसँगै प्रचण्डभन्दा स्थापित भए । तर पार्टी संगठनका उनको वर्चश्व कहिल्यै भएन । उनले पार्टी अन्तसघर्षमा समेत उनले बाह्य व्यक्तिगत लोकप्रियताको प्रयोग गरे । उनी आफू र आफ्नो लोकप्रियतामा यति धेरै दम्भी थिए की आफ्नै पार्टी अध्यक्षको खिल्ली उडाउँदै पत्रिकामा छापिएको कार्टुनमाथि गम्भीर हुनुको साटो आफ्नो निजी फेसबुकमा शेयर गरेर ‘एकछिन हाँसौं’ भन्थे ।
भट्टराई र नेपालका केही बौद्धिकहरुसँग समेत एउटा गलत बुझाइ आजपनि छ –भट्टराई अलग हुन्, माओवादी अलग हो वा भट्टराई जस्तो डाक्टर र बौद्धिक भएर माओवादी भएको हो । यो देशमा हजारौं डाक्टर र बौद्धिकहरु छन् । भट्टराईलाई यो स्तरमा ल्याउने एमाओवादी र उसको सघर्ष हो भन्ने बुझ्न भट्टराईले बाँकी छ ।
भट्टराईको राजनीतिक तथा देशका लागि गरिएका योगदानहरुको अवमूल्यन आजपनि हुनुहुँदैन । उनी देशलाई आवश्यक एक विकासवादी नेता हुन् ।
तर, एमाओवादीले भट्टराईलाई अन्याय गर्र्यो अनि उनले त्यागे भन्ने होइन । एमाओवादीमा सबैभन्दा बढी अवसर प्राप्त गर्ने नेता भट्टराई नै हुन् । उनको त्यागको कारण माथि उल्लेखित आफ्नो राजनीतिक असफलता वा गलत कदमबाहेक अरु केही होइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: