काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आशा पलाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच हरिसिद्धीमा भएको भेटवार्ताले दुई धारलाई एकै बाटोमा ल्याउने संकेत गरेको छ ।
प्रचण्ड विप्लवको निवासमै पुग्दा भएको यो एक घण्टा लामो छलफललाई धेरैले ऐतिहासिक कदमका रूपमा हेरेका छन् ।
विप्लव र उनको सचिवालयका सदस्यहरूले प्रचण्डलाई पुष्पगुच्छाले स्वागत गरेका थिए । यो न्यानो स्वागतले दुई नेताबीचको पुरानो दूरीलाई पगाल्ने प्रयासको झल्को दिएकाे छ । छलफलमा पार्टी एकता, साझा राजनीतिक एजेण्डा र नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने विषयमा गहन कुराकानी भएको नेताहरूले बताएका छन् ।
माओवादी आन्दोलन लामो समयदेखि विभाजन र वैचारिक मतभेदको सिकार बन्दै आएको छ । २०६३ को शान्ति प्रक्रियापछि माओवादी केन्द्र मुलधारको राजनीतिमा समाहित भएको थियो । तर विप्लव नेतृत्वको समूहले वैकल्पिक बाटो रोज्दै भूमिगत गतिविधि अघि बढाएको थियो । पछि सरकारसँगको वार्तापछि विप्लवको नेकपा शान्तिपूर्ण राजनीतिमा फर्किए पनि दुई समूहबीच गहिरो सहकार्यको प्रयास भने भएको थिएन ।
हालै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गरेपछि औपचारिक संवादको ढोका खुलेको हो । त्यसमा प्रचण्ड र विप्लवको यो भेटलाई एकताको प्रक्रियालाई व्यवहारिक बनाउने महत्वपूर्ण कदम मानिएको छ ।
स्रोतका अनुसार प्रचण्ड र विप्लवबीचको छलफलमा संगठनात्मक एकता, साझा राजनीतिक कार्यदिशा र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने विषयमा गम्भीर बहस भएकाे बताइएकाे छ । दुवै नेताले विगतमा विभाजनले आन्दोलनलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै अब एकताबाहेक अर्को विकल्प नभएकोमा सहमति जनाएका थिए । “देश, जनता र कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन हामीबीच सहकार्य मात्र होइन, संगठनात्मक एकता जरूरी छ । यो छलफल त्यसैको आधार तय गर्न भएको हो,” प्रचण्डकाे सचिवालयकाे भनाइ छ । विप्लवले पनि एकताको अपरिहार्यतामाथि जोड दिँदै विचार, सिद्धान्त र संगठनको आधारमा एक ढिक्का हुने दिशामा आफूहरू अघि बढिरहेको बताएका छन् ।
एकता अब अपरिहार्य भएकाले विचार र सिद्धान्तमा आधारित भएर एकताको बाटोमा जाने नेत्रविक्रम चन्द ‘विप्लव’ काे दाबी छ ।
यदि माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच एकता सम्पन्न हुन्छ भने यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिन सक्छ । हाल सत्ताको हिस्सा रहेको माओवादी केन्द्र र क्रान्तिकारी पृष्ठभूमि बोकेको विप्लव समूहको एकताले वामपन्थी शक्तिलाई थप बलियो बनाउनेछ । यो एकताले स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म नयाँ समीकरण बनाउने सम्भावना छ ।
यसले विशेषगरी नेपालको वामपन्थी मतदातालाई एकताबद्ध गर्न सक्छ, जसले आगामी निर्वाचनहरूमा ठूलो प्रभाव पार्न सक्छ । साथै, यो एकताले कम्युनिस्ट आन्दोलनको वैचारिक स्पष्टता र संगठनात्मक शक्तिलाई पुनर्जनन गर्न सक्ने आशा गरिएको बताइएकाे छ ।
प्रचण्ड र विप्लवको यो भेटलाई धेरैले नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ अध्यायको सुरुवातका रूपमा हेरेका छन् । यदि यो संवादले साझा एजेण्डा र सहमति निर्माण गर्न सक्यो भने विगतको विभाजनको घाउ निको पार्दै एकताबद्ध कम्युनिस्ट शक्ति निर्माण हुनेमा दुईमत छैन । यो एकता केवल दुई पार्टीको मात्र नभएर समग्र नेपाली वामपन्थी आन्दोलनको भविष्यसँग जोडिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: