Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रचण्ड भन्छन्–मधेसी मोर्चा र भारतबीच तालमेल

\"ccकाठमाडाैं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा भएपछि मधेसी मोर्चाको आन्दोलन र भारत सरकारको तालमेलमा नाकाबन्दी लगाइएको बताएका छन्।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– प्रचण्डले पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका नेपाली नेताहरूलाई भारतीय प्रधानमन्त्रीका विशेष दूत बनेर आएका विदेशसचिव एस जयशंकरले अपमान गरेको पनि खुलासा गरे। एमाओवादी केन्द्रीय समितिको आइतबारको बैठकमा दाहालले करिब एक घन्टा लामो अभिव्यक्ति नेता डा. बाबुराम भट्टराईको राजीनामा, भारतले गरेको नाकाबन्दी र संविधान निर्माणप्रक्रियामा आफूले निर्वाह गरेको भूमिकामा खर्चिएका थिए।
\'हामी पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूलाई अपमान गरियो। अब हामी तिमीहरूका दास बन्न सक्दैनौं। हाम्रो संविधान हामी आफैं बनाउँछौं\', भारतीय अधिकारीलाई आफूले दिएको जबाफ उद्धृत गर्दै दाहालले केन्द्रीय समितिको पूर्ण बैठकमा भने।
जयशंकरले आफूहरूले आश्रय नदिएको भए माओवादी अहिलेको हैसियतमा नआउने र अहिले आफूहरूले भनेको नमान्ने भनेर थर्काउन खोजेको खुलासा पनि दाहालले गरेका थिए। \'मधेसी मोर्चाका नेताहरू र भारत सरकारबीच असाधारण र विचित्रको तालमेल देखिन्छ। जुलुस र ढुंगामुढा उतै (भारत) बाट हुने गर्छ।
दुनियाँमा कतै पनि यस्तो घटना भएको पाइँदैन\', दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, बाबुरामले आकस्मिक रुपमा पार्टी छोड्नु पार्टीका लागि असाधारण घटना हुन गएको छ। यी हाम्रा लागि चुनौतीका परिघटना हुन्।\'
मधेसी नेताहरूले उठाएका सीमांकन र निर्वाचन क्षेत्रको मुद्दालाई समेट्न सकिने भए पनि उनीहरूको नियत नै सफा नरहेको दाहालले बताए। \'राज्यले जति लचकता अपनाए पनि केही मधेसी नेताहरूको वार्तामा आउने नियत नै देखिँदैन\', दाहालले भने, \'बाबुरामजीले सात दिन प्रक्रिया स्थगित गरौं भन्दा मैले भने सात दिन होइन, १० दिन प्रक्रिया स्थगित गर्न सकिन्छ तर सबै सभासद् संविधानसभा परिसरभित्रै रहनुपर्छ।
मधेसी मोर्चाका नेता उपेन्द्र यादव, महन्थ ठाकुरलगायतलाई त्यहीं बोलाएर वार्ता गर्नुपर्छ भन्ने अडान लिएको हुँ । सभासद्हरू संविधानसभाबाट बाहिर जानेबित्तिकै संविधान जारी हुँदैन भनेको हुँ।\'
सीमा क्षेत्रमा भइरहेका गतिविधिका बारेमा आफूले सूचना लिइरहेको जानकारी पनि दाहालले गराएका थिए। दाहालले आफूहरू र भट्टराईमध्ये एउटा मात्रै सफल हुने पनि बताए । ‘बाबुरामजी सफल भए हामी असफल हुन्छौं, हामी सफल भए बाबुरामजी असफल हुनुहुन्छ।
अब हामी बाबुरामजीलाई सरापेर बस्ने कि पार्टी संगठनलाई सशक्त बनाएर चुनौतीको सामना गर्ने ? फैसला गर्ने बेला आएको छ\', दाहालले भने, ‘म राष्ट्रपतिसँग वार्ता गरिरहेका बेला बाबुरामजीले पत्रकारसम्मेलन गर्दै हुनुहुन्छ भन्ने सुनें। लाजिम्पाट आउँदा उहाँका एकजना दूतले चिठी ल्याएर दिएका रहेछन्। खोइ त बाबुराम भनेको, उहाँ आउनुभएको छैन भनियो।\'
भट्टराईको राजीनामापत्र देखेर आफू आश्चर्यचकित भएको भन्दै दाहालले आकस्मिक र असाधारण कदम चालेर भट्टराईले गल्ती गरेको बताए।\'उहाँलाई हामी गालीगलौज नगरौं\', दाहालले भने। बैठकमा उनले भट्टराईको राजीनामापत्र पढेर सुनाएका थिए। पत्रको अन्त्यमा भट्टराईले अहिलेसम्मको सहयोगका लागि दाहाललाई धन्यवाद पनि दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending