Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

भन्सार र मालपोतमा आफ्ना मान्छे राख्न माग गरेपछि जस्मिन ओझा ट्रोलिङमा, भनिन् – ‘मिसइन्टरप्रेट गरियो, अखिल छाडिसकेको छु’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले निकट अखिलकी पूर्व नेतृ जस्मिन ओझा भन्सार, मालपोत र न्यायालयमा आफ्ना मान्छे नियुक्त गर्न माग गरेको पत्र सार्वजनिक भएपछि ट्रोलिङमा परेकी छिन् । जेन–जी नेपाल नामक संस्थाको नाममा गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइएको माग पत्रमा ओझाको हस्ताक्षर थियो ।

माग पत्रमा जेनजीलाई सरकार सञ्चालनदेखि संवैधानिक आयोग, राजदूत, सिडिओ, भन्सार, मालपोत र न्यायालयसम्म ५० प्रतिशत प्रतिनिधित्व दिनुपर्ने माग गरिएको थियो । यो माग सार्वजनिक भएपछि जस्मिनमाथि सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको हो ।

जस्मिनको पृष्ठभूमि

कानुनकी विद्यार्थी ओझा लामो समयदेखि आन्दोलनमा सक्रिय थिइन् । उनी एमालेको भातृ संगठन अनेरास्ववियुकी सदस्य समेत थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट सम्बन्ध राख्दै उनलाई ‘केपी बा’ भन्ने गर्थिन् । तर पछिल्लो समय उनले पार्टी छाडेर जेनजी आन्दोलनमा सक्रिय भएको बताएकी छिन् ।

जस्मिनको प्रष्टिकरण

ट्रोलिङ बढेपछि ओझाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनिन् –
“म अखिलमा रहनुभन्दा पहिले नै मानवअधिकार, महिला अधिकार र युवापुस्ताको पक्षमा आवाज उठाउँदै आएको मान्छे हुँ । पछिल्लो सरकार गैर जिम्मेवार बन्दै गएपछि विद्रोह गरेर जेनजी आन्दोलनमा सहभागी भएकी हुँ । कुनै पनि पार्टी मानवअधिकार र युवापुस्ताभन्दा ठूलो हुन सक्दैन ।”

लोकपथसँग कुराकानी गर्दै उनले आफूले अनेरास्ववियुबाट पहिले नै राजीनामा दिएको दाबी गरिन् । माग पत्रबारे उनले कमजोरी स्वीकार गर्दै भनिन् – “त्यो माग पत्र मैले तयार पारेको होइन । साथीहरूले तयार पारेको म पढेर सुनाएको मात्रै हुँ । भन्सार र मालपोतबारे लेखिएको कुरा पनि पढ्दापढ्दै थाहा भयो । वास्तवमा निष्पक्ष व्यक्ति पठाउनुपर्छ भन्ने उद्देश्य थियो तर लेखाइमा कमजोरी भयो र त्यसलाई मिसइन्टरप्रेट गरियो ।”

यसरी जस्मिन ओझाले आफ्नो भूमिकाबारे स्पष्टिकरण दिए पनि सामाजिक सञ्जालमा उनीबारे बहस अझै चर्किएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फुट्यो कांग्रेस: नेतृत्व परिवर्तन अस्वीकार गर्दा विभाजनको ऐतिहासिक मोड

काठमाडौं । दशकौँदेखि सत्ताको केन्द्रमा रहँदै आएको नेपाली कांग्रेस अन्ततः औपचारिक रूपमा विभाजनको बाटोमा पुगेको छ। नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको...

कांग्रेसमा विस्फोटक मोड: गगन–विश्व निष्कासनपछि भृकुटीमण्डप नाराबाजीले तातेको

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि कडा कारबाही गरेपछि पार्टीभित्र तनाव चुलिएको छ। दोस्र...

कांग्रेसमा शक्ति संघर्ष तीव्र: विशेष महाधिवेशन पक्षले देउवा समूहलाई पठायो ८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टीभित्र सहमति खोज्ने उद्देश्यसहित संस्थापन समूहका सभापति शेरबहादुर देउवालाई ८ बुँदे प्रस्ताव प...

कांग्रेसद्वारा महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेतामाथि कारबाही

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको छ। उनीहरूसँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्...

कानुनी विकल्प खोज्दै कांग्रेस महामन्त्रीद्वय, देउवासँगको छलफलपछि कानुनविद्हरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन् । सभापति शेरबहादुर देउवासँग बुधबार बिहान सहमतिको ...

अरुण क्षेत्री अभिनीत ‘हन्टर’को छायांकन सकियो, ४५ दिनमै इन्डक्ल्याप

काठमाडौं । अभिनेता अरुण क्षेत्रीको मुख्य भूमिकामा रहेको चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रको छायां...

सुनकाे मूल्य २ लाख ८० हजार नजिक, चादीले पनि बनायाे नयाँ रेकर्ड

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य २ लाख ८० हजार नजिक पुगेकाे छ । नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसरा आज सुनकाे मूल्य २ लाख ७८ हजार रुपैयाँ काय...

पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु

 काठमाडौं । काठमाडाैंमा पानी ट्यांकीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।  ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा ट्यांकीभित्र खसेर उनकाे मृत्यु भएकाे हा...

पाखनबेद: पत्थरी फोर्ने जडिबुटी, पहाडको मौन वैद्य

नेपाली पहाडी भेगका ओसिला ढिस्को, चट्टानका फेदी र जङ्गलको छायाँमा उम्रिने एउटा सानो तर शक्तिशाली जडिबुटी छ—पाखनबेद। बाहिरबाट सामान्य देखिने यो बोट नेपा...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ ।  छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाल्पा र सुर्खेतमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।  पाल्पाको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending