काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको हुनाले नै आजको परिस्थितिमा आफूलाई अपराधी जस्तो प्रस्तुत गर्ने प्रयास भएको गुनासो गरेका छन्।
पार्टीसम्बद्ध पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालका प्रतिनिधिमण्डलसँग गुण्डुमा भएको भेटमा अध्यक्ष ओलीले पछिल्लो समय आफूविरुद्ध राजनीतिक तथा वैचारिक हमला भइरहेको बताएका हुन्।
“मैले भ्रष्टाचार गरेको छैन, गर्दिनँ, गर्न सक्दिनँ। यही नै मेरो अपराध हो जस्तो बनाइएको छ,” प्रेस चौतारी अध्यक्ष गणेश पाण्डेका अनुसार ओलीले भने।
ओलीले पूर्वाधार निर्माण, विकास योजनाको खाका र शान्ति स्थापनामा आफूले निर्वाह गरेको भूमिका अपराध ठहरिने हो भने त्यो विडम्बना हुने टिप्पणी गरे। “पृथकतावाद र हिंसाको वकालत गर्नेहरूलाई राष्ट्रिय मूलधारमा ल्याउनु अपराध हो? देशमा शान्ति कायम गर्नु अपराध हो?” भन्ने प्रश्न गर्दै उनले अहिले आफूलाई लक्षित गरी चलाइएको अभियानको विरोध गरे।
ओलीले पछिल्लो समय राजनीतिक प्रतिशोध, अराजकता र हिंसात्मक आह्वान बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। “कसले सिंहदरबार घेरिन्छ भने, कसले उत्पात मच्चाइन्छ भनिराखेका छन्? यसको खोजी हुनुपर्छ,” भन्दै उनले यस्ता गतिविधिको अनुसन्धान गर्न सरकारलाई आग्रह गरे।
उनले प्रजातान्त्रिक प्रणाली हटाएर के ल्याउन खोजिएको हो भन्ने प्रश्न पनि उठाए। “लोकतन्त्र होइन भने के व्यवस्था ल्याउन खोजिएको हो? यसको सिफारिस खुला रूपमा आऊँ,” उनले भने।
अध्यक्ष ओलीले प्रेस तथा वाक स्वतन्त्रता जोगिनुपर्नेमा जोड दिंदै फरक धारणा राख्नेहरूमाथि सामाजिक सञ्जालमा भइरहेका चरित्र हत्या र ‘झोले ट्रेन्ड’ को आलोचना गरे। उनले यस्तो प्रवृत्तिले समाजमा घृणा र हिंसा बढाउने चेतावनी दिए। “झोले ट्रेन्ड होइन, काटीकाटी गर्नुपर्छ भन्ने जस्ता कुरा कस्तो सभ्यता हो?” भन्दै उनले यसविरुद्ध युवालाई सचेत हुन आग्रह गरे।
पार्टीभित्र उठेका संगठनात्मक प्रश्नहरूबारे पनि ओलीले टिप्पणी गर्दै भने, “हामीभित्र उठेका प्रश्नको समाधान सडकले होइन, पार्टी कमिटी (फोरम) ले गर्छ। त्यसैले समस्याको हल संस्थागत रूपमा खोजिनुपर्छ।”
अध्यक्ष ओलीले देशमा न्याय, विधि र समावेशी लोकतन्त्र स्थापनाको लागि सबै राजनीतिक दलहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “देश कानुन र न्यायको रीतअनुसार चलोस्। प्रतिशोध र अपमानको राजनीति स्थायी समाधान होइन,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: