खोटाङ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै प्रशासनले सार्वजनिक सूचना जारी गरेर यस्तो आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जारी गर्नुभएको सात बुँदे सूचनामा दैनिक उपभोग्य एवं अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका अखाद्यवस्तु बिक्री तथा वितरण गर्नेलगायतका उपभोक्ता हितविपरीतका कार्यहरू नगर्न/नगराउन आग्रह गरिएको छ । चाडपर्वको अवसरमा सार्वजनिकस्थलमा अनावश्यक भीडभाड, होहल्ला तथा झैझगडा नगर्न, सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नबोक्न, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न/गराउन अनुरोध गरिएको छ ।
यात्रा गर्दा कुनै समस्या परेमा वा सहयोग आवश्यक भएमा यात्रु सहायताकक्ष अथवा नजिकको प्रहरी एकाइ तथा ९८५२८४९३२२ मा सम्पर्क गर्न, मनसुनी वर्षाका कारण बिग्रेका, भत्केका राजमार्ग, सडकसम्बद्ध निकायले मर्मत सुधार गरी चालु अवस्थामा राख्न र आफ्नो टोलछिमेकमा शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी एकाइ वा फोन नं १०० र ९८५२८४९३२२ मा खबर गर्न आग्रह गरिको छ । प्रशासनले जारी गरेको सूचनाविपरीतका कार्य कोहीकसैबाट भए गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
प्रशासनको आग्रहविपरीत जिल्लामा सञ्चालित सवारीसाधनका धनी तथा व्यवसायीले बढी भाडा असुलेको गुनासो आएको छ । प्रशासन र व्यवसायीबीच भएको सहमतिअनुसार टिकट दिए पनि भाडा भने बढी लिने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।
ग्रामीण भेगमा सञ्चालन हुने सवारीसाधनले सबैभन्दा बढी भाडा लिने गरेको यात्रुहरूले बताएका छन् । व्यवसायीले बढी भाडा लिएको प्रमाण यात्रुहरूले उपलब्ध गराएको खण्डमा उक्त व्यवसायीलाई आफँै कारबाही गर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा सानाठूला गरी करिब तीन हजारको हाराहारीमा यातायातका साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गले छोएको यो जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमा बोकेर ल्याइएको सवारीसाधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा यातायातका साधन प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारीसाधन बिनाअनुमति सञ्चालन भइरहेको पाइएको छ ।
यात्रुबाहक सानाठूला जुनसुकै सवारीसाधनले अनिवार्य रुट परमिट (सम्बन्धित सडकका लागि सवारी अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ । रुट परमिट नभएका सवारीसाधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएको खण्डमा ती यात्रुले क्षतिपूर्ति पाउँदैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...
पौष २९ गते, २०८२ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...
पौष २९ गते, २०८२ - ०७:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...




प्रतिकृया लेख्नुहोस्: